सहारालाई एलजी एसोसिएसन युकेद्वारा कम्प्युटर सहयोग

पोखरा ।
एलजी एसोसिएसन युकेले पोखरा–९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । विद्यालयमा एक कार्यक्रमका बीच ५ थान कम्प्युटर हस्तान्तरण गर्न पाउँदा खुसी रहेको एलजी एसोसिएसन नेपालका अध्यक्ष डम्बरजंग गुरुङले बताए ।
कार्यक्रममा एलजी एसोसिएसन नेपालका अध्यक्ष डम्बरजंग गुरुङ र एलजी एसोसिएसन नेपालका वरिष्ठ सल्लाहकार सुनील गुरुङले रु. ८० हजार रुपैयाँ बराबरको ५ थान कम्प्युटर विद्यालयलाई सामूहिक रूपमा हस्तान्तरण गरे । मन्तव्यका क्रममा वरिष्ठ सल्लाहकार सुनील गुरुङले एलजी एसोसिएसन नेपालको विभिन्न देशहरूमा शाखा रहेको जनाउँदै युके, हङकङ, जापान, अस्ट्रेलियालगायतका शाखाहरूद्वारा विभिन्न सामाजिक कार्यहरूमा सहभागी भइरहेको बताए ।
उनले एलजी फेस्ट युकेका संयोजक राजेन्द्र गुरुङ ’कान्छा’ लाई स्मरण गर्दै एलजी एसोसिएसन युकेका सदस्यहरू एवं एलजी परिवारलाई धन्यवाद व्यक्त गरे । विशेष गरी एलजी एसोसिएसनको पहलमा हुने एलजी फेस्टअन्तर्गत विभिन्न स्थानहरूमा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने गरेको जानकारी गराउँदै उक्त सांस्कृतिक कार्यक्रममा संकलित रकमद्वारा विभिन्न सामाजिक कार्यहरूमा सहभागी हुने गरेको बताए ।
कार्यक्रममा पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सहयोगी दाताहरूप्रति आभार व्यक्त गर्दै एलजी एसोसिएसन परिवारलाई वडासँग पनि समन्वय गरी आगामी दिनहरूमा कार्यक्रम गर्न उत्सुक रहेको बताए ।
कार्यक्रमको समापनका क्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालीले सहयोगी दाताहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रदान गरेको कम्प्युटरमार्फत विद्यार्थीहरूको शिक्षण सिकाइ र आधुनिक विश्वसँग परिचित हुन प्रभावकारी हुने बताए । सोही क्रममा उनले एलजी एसोसिएसन नेपाल एन्फा प्रेसिडेन्ट कपमा सहभागिताका लागि गण्डकी प्रदेशबाट छनोट हुन सफल भएकोमा बधाई व्यक्त गर्दै सफलताका लागि शुभकामना प्रकट गरे । त्यसैगरी एलजी फेस्ट युकेद्वारा सञ्चालित कार्यक्रममा सहभागी दर्शक, कलाकारहरूलाई धन्यवाद ज्ञापन गर्दै एलजी एसोसिएसन नेपालका संस्थापक तथा एलजी फेस्ट युकेका संयोजक राजेन्द्र गुरुङ ‘कान्छा’ लगायत टिमका सम्पूर्ण सदस्यहरूको योगदानको प्रशंसा गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य दिएकी थिइन् । विद्यालयको भौतिक, सामाजिक र शैक्षिक अवस्थाबारे समेट्दै उनले सहयोगी दाताहरू र अतिथिहरूलाई स्वागत गरेकी थिइन् ।
विद्यालयका शिक्षक सुदीप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा सहयोगी दाताहरू, एलजी एसोसिएसन नेपालका पदाधिकारीहरू, एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जित, विद्यालयका सल्लाहकारहरू, समिति पदाधिकारी, सहारा क्लबका अध्यक्ष केशवराज बराल, पूर्व अध्यक्ष तथा वर्तमान एवं निवर्तमान पदाधिकारीहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, छिमेकी टोल विकास संस्था तथा आमा समूहका पदाधिकारीहरू, अभिभावक, शिक्षक विद्यार्थीहरूको उपस्थिति थियो ।









कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया