सिद्ध बराह माविमा खानेपानी ट्यांकी

पोखरा ।
पोखरा महानगरपालिका–२३, माझथुमस्थित सिद्ध बराह माध्यमिक विद्यालयमा निर्माण गरिएको दश हजार लिटर क्षमताको खानेपानी ट्यांकीको शनिबार उदघाटन गरिएको छ ।
सेन्ट एडवार्ड स्कुल, अक्सफोर्ड युकेको २ लाख रुपैयाँ आर्थिक सहयोगमा लायन्स क्लब पोखरा समृद्धिले निर्माण गरेको उक्त ट्यांकीको लायन्स डिस्ट्रिक ३२५ के का डिस्ट्रिक गभर्नर दुर्गाप्रसाद हुमागाईंले उदघाटन गरे । ट्यांकी निर्माण भएसँगै विद्यालयमा अध्ययनरत २२५ जना विद्यार्थी शुद्ध खानेपानीबाट लाभान्वित भएका छन् ।
डिस्ट्रिक गभर्नर हुमागाईंले लायन्स क्लब पोखरा समृद्धिले विद्यार्थीका लागि शुद्ध खानेपानीको व्यवस्था गरेर महत्वपूर्ण मानवीय सेवा गरेको बताए । उनले लायन्स क्लब निस्वार्थ सेवा गर्ने संस्था भएकोले ‘जहाँ आवश्यकता त्यहाँ लायन्सको उपस्थिति रहने’ धारणा व्यक्त गरे ।
लायन्स क्लब पोखरा अन्नपूर्णका पूर्वअध्यक्ष तथा खानेपानी परियोजनाका निर्देशक सोनम साङ्पोले यस वर्ष ८ वटा विद्यालयलाई खानेपानी ट्यांकीका लागि सहयोग गरिएको र सिद्ध बराह सहयोग पाउने ४९ औं विद्यालय रहेको जानकारी दिए । उनले एउटा लायन्स क्लबले अर्को लायन्स क्लबमार्फत सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पराजुलीले खानेपानी जस्तो अति महत्त्वपूर्ण क्षेत्रमा सहयोग गरेकोमा लायन्स क्लबलाई धन्यवाद दिए । विद्यालयका प्रधानाध्यापक बद्रीनाथ पराजुलीले अब पानीकै कारण विद्यार्थीको पठनपाठनमा कुनै अवरोध नआउने बताए । कार्यक्रममा वडा प्रतिनिधि चेत बहादुर क्षेत्रीले पनि क्लबको सहयोगप्रति आभार प्रकट गरे ।
सोही अवसरमा डिस्ट्रिक एडमिनिस्ट्रेटर कल्पना श्रेष्ठले लायन्स क्लब अति पिछडिएको स्थानमा आएर काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रममा ग्लोबल चिफ कुस्मा राणा र जोन चियरपर्सन शान्ति श्रेष्ठको पनि उपस्थिति थियो ।
लायन्स क्लब पोखरा समृद्धिकी अध्यक्ष सन्ध्या लिगल बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक राधिका थापाले दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव रोजिना कुँवरले गरेकी थिइन् ।
अध्यक्ष बानियाँले लायन्स क्लब अन्नपूर्णमार्फत आएको सहयोग विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि अन्नपूर्ण लायन्स क्लबसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाइन् ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया