कालिका माविमा भित्तेपत्रिका विमोचन

पोखरा ।
पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा भित्तेपत्रिका विमोचन गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर पुनले पत्रिकाको विमोचन गर्दै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि भित्तेपत्रिकाले महत्वपूर्ण सहयोग गर्ने धारणा राखे ।
आफूले पढ्दा यस्तो वातावरण नपाएको स्मरण गर्दै विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका अध्यक्ष पुनले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि हाल विद्यालयले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए । उनले विद्यालयको हितका लागि आफू सधैँ लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
कालिका बाल क्लबद्वारा प्रकाशित पत्रिका हालका लागि मासिक रूपमा प्रकाशन गरिने विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले जानकारी दिए । पत्रिकाको सम्पादन मण्डलमा सफला सुनार, मन्जिता गुरुङ र कृतिका केसी रहेका छन् ।
सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई अध्यक्ष पुन र आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेलले पुरस्कार वितरण गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया