आर्बाविजय माविलाई लायन्सको आर्थिक सहयोग

पोखरा ।
लायन्स क्लब अफ पोखरा भैरवले पोखरा–१३, ढाँडबेँसीस्थित आर्वाविजय मा विलाई बुधवार बिच आर्थिक सहयोग गरेको छ ।
क्लबका अध्यक्ष रमेशकुमार बाटाजु र पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्रमान बिजुक्छेले संयुक्त रूपमा ४० हजार १५५ रुपियाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल र प्रधानाध्यापक पद्मादेवी बराललाई हस्तान्तरण गरे । प्राप्त रकम विद्यार्थीहरूलाई विद्युतीय तालिम प्रदान गर्न खर्च गरिने योजना बनाइएको विद्यालयका शिक्षक बाबुराम सुवेदीले जानकारी दिए ।
प्रमुख अतिथि बिजुक्छेले विद्यार्थीहरूलाई सिपमूलक तालिमका माध्यमबाट स्वरोजगार बन्न कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै विद्यालय जस्तो पवित्र संस्थामा आएर सहयोग गर्न पाउँदा आफूलाई ज्यादै खुसी लागेको बताए । वि.व्य.स. अध्यक्ष बरालले संस्थाले गरेको अमूल्य सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाबाट निरन्तर सहयोगको अपेक्षा राखे । कार्यक्रममा पूर्व अध्यक्ष समरबहादुर श्रेष्ठ र श्रीकृष्ण कतिलाले शुभकामना दिएका थिए । संस्थाका अध्यक्ष रमेशकुमार बाटाजुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विनोद द्वाले गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया