तीज गीत ‘जूनकिरी’ बजारमा

पोखरा ।
अहिले तीजमा चेलीलाई माइत लिन जाने समय हरायो । टाढाको बाटो, झरी र उर्लेको खोला तरेर चेली लिन जाने समय थियो, एकताका । अचेत टेलिफोनको भरमा चेलीलाई तीजमा बोलाउन थालियो । समय फेरियो, शैली पनि फेरियो । तर, कलाकारहरुले भने गीतमार्फत पुरानो संस्कारलाई सम्झना दिलाइरहेका हुन्छन् ।
तीजलाई मौलिकता प्रदान गर्ने क्रममा पोखरामा रहेर संघर्ष गरिरहेका गायक गायिकाहरुले ‘जूनकिरी’ तीज गीत मार्फत पुराना संस्कारलाई उजागर गरेका छन् । माइतीको बाटो हेरेर बसेकी चेलीलाई भाई लिन जाँदाको खुशी, सासुको कचकच र श्रीमानको साथलाई गीतमा उतारिएको छ ।
गीत रमेश थापामगर, रेशम थापा मगर, बत्ती थापा मगर, आयुसा परियार, सानु जोजिजू र आरोही सुनारले गाएका छन् । गीतमा सन्तोष सुवेदीको संगीत छ भने रमेश थापा मगरले गीतको शब्द लेखेका हुन् । दिवश थापा मगरले गीतको एरेन्ज गरेका हुन् ।
गायक रमेश थापा मगरको निर्देशनमा तयार भएको भिडियोमा शोभा थापा मगर, सुविग गुरुङ, रोशन सोनी, स्वयता परियार, बत्ती थापा मगर र सानु जोजिजूको अभिनय रहेको छ । गणेश सापकोटाले खिचेका भिडियोलाई सुवास अम्गाईले सम्पादन गरेका छन् । गीतको भिडियो रमेश थापा युटुबबाट बजारमा आएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया