देशैभरि क्लासिकको ‘सर्भिस सपोर्ट क्याम्प’

काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्ना ग्राहकका समस्या समाधान गर्न देशैभरि ‘सर्भिस सपोर्ट क्याम्प’ सञ्चालन गरेको छ । कम्पनीले ग्राहकको घरदैलोमै पुगेर इन्टरनेटसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले यो अभियान थालेको हो ।
इन्टरनेटसम्बन्धी आउने गरेका गुनासालाई मध्यनजर गर्दै यस्तो अभियान थालिएको कम्पनीले बताएको छ । क्याम्पमार्फत कम्पनीले इन्टरनेटसम्बन्धी चेतनामूलक सन्देश प्रवाह गर्ने, तत्काल फिल्ड सपोर्ट उपलब्ध गराउने, राउटर साटिदिने, इन्टरनेटको स्पिड टेस्ट गर्ने, फाइबर परिवर्तन गर्ने र सुस्त इन्टरनेटको समस्या समाधान गर्ने जस्ता सेवा उपलब्ध गराउनेछ ।
ग्राहकको समस्यालाई प्रभावकारी रूपमा समाधान गर्न सम्बन्धित क्षेत्रका प्राविधिक प्रमुख तथा शाखा प्रमुखसहितको टोली क्याम्पमा उपस्थित रहने कम्पनीले जनाएको छ । देशैभरि सञ्चालन हुने यस्ता क्याम्पबाट हरेक स्थानमा कम्तीमा ५० जना ग्राहकलाई प्रत्यक्ष सेवा दिने लक्ष्य कम्पनीले राखेको छ ।
इन्टरनेट समस्या समाधानलाई प्राथमिकता दिँदै सुरु गरिएको यस अभियानमा आफूलाई पायक पर्ने स्थानबाट सेवा लिन कम्पनीले सबै ग्राहकलाई आग्रह गरेको छ । क्याम्पबारे थप जानकारीका लागि क्लासिक टेकको आधिकारिक फेसबुक पेज, वेबसाइट, क्लासिक टेक मोबाइल एप्लिकेसन वा फोन नम्बर ९८०१००६६३३ मा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ ।









यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा एक महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया