निजामती कर्मचारी युनियन कास्कीमा सापकोटा नेतृत्वको कार्यसमिति, को-को भए विजयी र पराजित? (सूचीसहित)

समाधान संवाददाता २०८२ साउन २४ गते ५:११

Advertisement

पोखरा । नेपाल निजामती कर्मचारी युनियन, कास्कीको नवौं जिल्ला अधिवेशनले केदार सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । राति साढे १२ बजे सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सापकोटाले आफ्ना प्रतिस्पर्धी विनोद रेग्मीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

अध्यक्ष पदमा केदार सापकोटाले ३ सय २५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी विनोद रेग्मीले १ सय ६२ मत पाए । त्यसैगरी, खुल्लातर्फको उपाध्यक्ष पदमा सुमन शर्मा २ सय ८२ मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी पुरुषोत्तम पौडेलले १ सय ८९ मत प्राप्त गरे । कार्यसमितिका अन्य पदमा भने निर्विरोध नेतृत्व चयन भयो ।

Advertisement

नयाँ कार्यसमितिसँगै प्रदेश र केन्द्रीय प्रतिनिधिहरू समेत चयन भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पूर्ण विवरण अनुसार विजयी तथा पराजित उम्मेदवारहरूको सूची यसप्रकार छ:


जिल्ला कार्यसमिति, कास्की

  • अध्यक्ष: केदार सापकोटा (३२५ मत – निर्वाचित)
  • उपाध्यक्ष (खुल्ला): सुमन शर्मा (२८२ मत – निर्वाचित)
  • उपाध्यक्ष (महिला): रञ्जना पोख्रेल (पौडेल) – निर्विरोध
  • उपाध्यक्ष (समावेशी): नर बहादुर सारु – निर्विरोध
  • सचिव: राजेन्द्र शर्मा – निर्विरोध
  • सह-सचिव (युवा): मन्जु सुवेदी – निर्विरोध
  • कोषाध्यक्ष: दिपक शर्मा पराजुली – निर्विरोध
  • सदस्यहरू (सबै निर्विरोध):
    • नारायणराज पौडेल, धनराज पराजुली, डालाराम बसौला, मोहनप्रसाद पौडेल, राजन ढकाल, शारदा सुवेदी (महिला), गंगा अधिकारी (महिला)

प्रदेश प्रतिनिधि

निर्वाचित प्रतिनिधिहरू:

Advertisement
  • सुदिप रेग्मी (३६६ मत)
  • दिनेश चापागाईं (२८६ मत)
  • चेतराज आचार्य (२५७ मत)
  • झलकराज पौडेल (२४१ मत)
  • काशीराम पौडेल (२३९ मत)
  • विषनबहादुर थापा (समावेशी) – निर्विरोध
  • मिना कुमारी श्रेष्ठ (महिला) – निर्विरोध

पराजित उम्मेदवारहरू:

  • कृष्णचन्द्र न्यौपाने (१५६ मत)
  • तेजाखर लम्साल (१८५ मत)
  • अर्जुन लामिछाने (१२३ मत)

केन्द्रीय प्रतिनिधि

निर्वाचित प्रतिनिधिहरू:

  • सूर्यप्रसाद तिवारी (३०६ मत)
  • डिल्लीराज सुवेदी (२९४ मत)
  • प्रमोद अर्याल (२८० मत)
  • डिल्लीराम रेग्मी (२६२ मत)
  • महेन्द्र गुरुङ (२११ मत)
  • सीता बराल ढुङ्गाना (महिला) – निर्विरोध
  • अर्जुन गुरुङ (समावेशी) – निर्विरोध

पराजित उम्मेदवारहरू:

  • प्रेमप्रसाद रेग्मी (२१० मत)
  • कृष्ण प्रसाद रिजाल (२०२ मत)
  • रमाकान्त पौडेल (१६७ मत)
  • सिताराम दाहाल (१४४ मत)


निर्वाचन समिति संयोजक अधिवक्ता शालिग्राम भट्टराईका अनुसार अनुसार शुक्रबार भएको मतदानमा निर्धारित समयसम्म ५ सय ७ जनाले मतदान गरेका थिए । कूल ९ सय ९७ साधारण सदस्य रहेको नेपाल निजामती कर्मचारी युनियन, कास्कीमा ६ सय ५५ जनालाई मताधिकार थियो ।


तपाईको प्रतिक्रिया