जनै पूर्णिमाले सामाजिक एकता र सद्‌भाव बलियो बनाउँछ: मुख्यमन्त्री पाण्डे

समाधान संवाददाता २०८२ साउन २४ गते १४:५५

पोखरा ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनै पूर्णिमा (रक्षा बन्धन) पर्वले सामाजिक एकता र सद्‌भावलाई बलियो बनाउने बताएका छन् । उनले साउन शुक्ल पूर्णिमाको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरे ।

शुभकामना सन्देशमा उनले यस्ता पर्वले धार्मिक आस्था, पारिवारिक सम्बन्धको सुदृढीकरण र सामाजिक एकताको सन्देश दिने उल्लेख गरेका छन् । ‘जनै पूर्णिमालाई वैदिक परम्परा अनुसार यज्ञोपवीत धारणा, दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्धको पुनः पुष्टि तथा सभ्यताको प्रतीकको रूपमा मनाइन्छ,’ सन्देशमा भनिएको छ ।

Advertisement

उनले जनै पूर्णिमामा तागाधारी समुदायले नयाँ जनै फेर्ने, तराईमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने र नेवार समुदायले ‘गुन्हुँपुन्ही’का रूपमा मनाउने परम्परा रहेको स्मरण गराए । विविध धर्म संस्कृतिको धनी मुलुक धार्मिक सहिष्णुताको अनुकरणीय नमूना भएको उनको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले भौगोलिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण गण्डकी प्रदेश धार्मिक सहिष्णुताको नमुना भएको बताउँदै यस्ता पर्वले हामीबीचको सद्‌भावलाई बढाएर सामाजिक एकतालाई अझै बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया