डायमन्ड माविमा गाईजात्रा विशेष कार्यक्रम

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २७ को तालचोकमा अवस्थित डायमन्ड माध्यमिक विद्यालयले गाईजात्रा पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । डायमन्ड कार्निभल नाम दिई शुक्रबार आयोजना गरिएको सो कार्यक्रममा विद्यार्थीले गाईजात्रा पर्वको मौलिक संस्कृति झल्काउने विभिन्न प्रस्तुति दिए ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीले परम्परागत पहिरनमा सजिएर आकर्षक नृत्य प्रदर्शन गरे । कार्यक्रममा गाईजात्राको धार्मिक–सांस्कृतिक महत्व समेट्दै श्रद्धाञ्जली र हास्यपूर्ण व्यंग्य शैलीमा उत्सवलाई सजाइएको छ ।
सामाजिक शिक्षा विभाग प्रमुखको प्रमुख रमेश परियारको संयोजन र नेपाली विभागको सहकार्यमा भएको सो कार्यक्रममा विभिन्न पारम्परिक लोकगीत, नेवारी नृत्य, व्यंग्य तथा हास्य प्रस्तुति भए ।
विद्यालयका संस्थापक निर्देशक माधवशरण उपाध्याय र विद्यालयका संस्थापक व्यवस्थापक हरिप्रसाद लामिछानेले कार्यक्रममा बोलेका थिए ।









धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
दलको प्याट्रोनिङ राज्यले गरोस् !
जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया