पोखरा ट्रेड मलको वार्षिकोत्सवमा ५० प्रतिशतसम्म छुट

समाधान संवाददाता २०८२ साउन २४ गते १८:५२

पोखरा । पोखरा ट्रेड मलले १३ औं वार्षिकोत्सवको अवसरमा सामाद खरिदमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । मलले वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिवल’ अन्तर्गत ५ सय रुपैयाँदेखि माथिका सामान खरिदमा उक्त छुट दिइने पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिका अध्यक्ष मीनराज काफ्लेले जानकारी दिए ।

‘मल २०७२ असोज २६ देखि औपचारिक रुपमा सञ्चालनमा आए पनि हामीले प्रालि दर्ता भएको दिनमा वार्षिकोत्सव मनाउँदै आएका छौं,’ उनले भने, ‘यो पटक हामीले ग्राहक लक्षित कार्यक्रम अन्तर्गत छुट दिने भएका हौं ।’ यो अफर १० दिन सम्म चल्नेछ । साउन २५ गतेदेखि सुरु भएको भदौ ४ गतेसम्म यो सुविधा प्राप्त गर्न सकिने अध्यक्ष काफ्लेले बताए ।
मलमा रहेका व्यावसायीको सहकार्यमा उक्त अफर ल्याएको उनले सुनाए । साथै, मलमा नयाँ व्यवसाय गर्न चाहने व्यवसायीका लागि ६ सयदेखि १२ सय वर्ग फिटसम्मको स्थान उपलब्ध गराउन सकिने पनि उनले बताए ।

वार्षिकोत्सवमा यसभन्दा अघि रक्तदान, विद्यालयस्तरीय वक्तृत्वकला, छात्रवृत्ति, उत्कृष्ट व्यवसायी सम्मान कार्यक्रम गर्दै आएको मलले यो पटक ‘ग्रान्ड सपिङ फेस्टिभल’ अन्तर्गत छुटको कार्यक्रम ल्याएको उनले बताए । आगामी वर्ष ग्राहक लक्षित अझै रचनात्मक र सृजनात्मक कार्यक्रम गर्दै गर्दै जाने उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया