भगवती माविका विद्यार्थीको जन्मदिनमा ‘मुना’ उपहार

पोखरा ।
भगवती माध्यमिक विद्यालय अन्नपूर्ण ९ तीखेढुङ्गा कास्कीले विद्यार्थीको जन्मदिनलाई अर्थपूर्ण र प्रेरणादायी बनाउन नयाँ कार्यक्रम सुरु गरेको छ । यही साउन महिनादेखि विद्यार्थीलाई जन्मदिनमा ‘मुना’ बाल पत्रिका उपहार कार्यक्रम लागू गरेको हो ।
यस अन्तर्गत विद्यालयमा स्थापित जन्मदिन कोषको तर्फबाट प्रत्येक विद्यार्थीलाई जन्मदिनमा मुना उपहार दिने व्यवस्था गरिएको छ । विद्यार्थीको अध्ययनशीलता, पठन–संस्कृति र ज्ञानको दायरा विस्तार गर्नुका साथै जन्मदिनको दिनलाई सकारात्मक र शिक्षाप्रद बनाउनु यसको उद्देश्य हो । विद्यालयले यसका लागि विशेष ‘जन्मदिन कोष’ स्थापना गरेको छ ।
कोषमा आफ्नो जन्मदिनको अवसरमा शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षाप्रेमी स्वेच्छिक सहयोग गर्ने प्रचलन छ । २ वर्ष पहिलेबाट सञ्चालित उक्त कोषले हालसम्म विद्यालयमा तातो, चिसो पानी आउने डिस्पेन्सर खरिद, बालविकास कक्षामा अध्ययनरत विद्यार्थीलाई आवश्यक सामान खरिद, मृगौला पिडितलाई सहयोग, विद्यार्थीलाई ट्रयाकसुट वितरण लगायतका कार्य भइका छन् ।
साउन २३ सम्म जन्मदिन मनाइसकेका ७ विद्यार्थीलाई एकैपटक मुना पत्रिका हस्तान्तरण गरिएको थियो । पोखराबाट करिब ५५ किलोमिटर उत्तरी भेगमा रहेको विद्यालयमा पहिलो महिनामा पत्रिका पुग्न केही ढिला भए पनि आगामी दिनमा सक्दो छिटो पत्रिका पु¥याउने प्रवन्ध गरिने विद्यालयका प्रधानाध्यापक कीर्तिराज ढकालले बताए । बालबालिकामाझ लोकप्रिय, रोचक र शैक्षिक सामग्रीको उत्कृष्ट स्रोत भएको पत्रिकाले विद्यार्थीमा ऊर्जा भर्ने उनले बताए । विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरीप्रसाद त्रिपाठीले यो कदमले विद्यार्थीमा पढ्ने संस्कार विकास गर्ने र उनीहरूमा पुस्तक प्रतिको मोह बढ्ने अपेक्षा गरे ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया