तनहुँ र नवलपुरमा ३१ हजारभन्दा बढी निजी धारा जडान

तनहुँ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तनहुँ र नवलपुर गरी दुई जिल्लामा ३१ हजार ३२८ निजी धारा जडान गरेको छ ।
कार्यालयका अनुसार तनहुँमा सत्र हजार ९२७ र नवलपुरमा १३ हजार चार सय एक वटा धारा जडान गरिएको हो । जिल्लामा हालसम्म ९२ प्रतिशतभन्दा बढी नागरिकमा शुद्ध खानेपानीको पहुँच पुऱ्याइएको डिभिजन कार्यालयकी इन्जिनियर बिनु लोहनीले जानकारी दिइन् । उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा चार हजार ६३४ नयाँ धारा जडान गरिएका छन् ।
लोहनीले भनिन्, ‘आर्थिक वर्ष २०८२/८३ मा छ हजार ५०० नयाँ धारा जडान गर्ने लक्ष्य राखिएको छ । शतप्रतिशत घरमा खानेपानी सेवा पुऱ्याउने लक्ष्यसहित कार्यालयले काम गरिरहेको छ ।’
उनका अनुसार संघीय सरकारबाट ससर्त अनुदानमा रु २८ करोड र प्रादेशिक खानेपानी आयोजनातर्फ रु ३५ करोड ८० लाख बजेट खर्च गरिएको छ । यसैगरी पुँजीगततर्फ संघ विशेष अनुदानतर्फ रु ४४ करोड २० लाख बजेट विनियोजन भएको पनि उनले जानकारी दिइन् । रासस







माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया