शवको हड्डी चोरेको आरोपमा पशुपतिका घाटे बाहुन पक्राउ

पोखरा ।
पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ र हड्डी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । शवबाट हड्डी निकालेर बेचेको आरोपमा प्रहरीले घाटे बाहुन गणेश ढकाललाई शुक्रबार नियन्त्रणमा लिएको हो।
पशुपति आर्यघाटमा जलाउन लगिएको व्यक्तिको मासु र हड्डी निकालेर बिक्री हुने गरेको घटना सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको प्रारम्भिक अनुमान छ शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई बेचिन्छ ।
काभ्रेका ६५ वर्षीय राम शाहीको मृत्यु पश्चात् गत शुक्रबार पशुपति आर्यघाटमा जलाउन ल्याइएको थियो। उनको शव जल्दाजल्दै ढकालले शवबाट खुट्टाको हड्डी निकालेको मृतकका आफन्तले देखेका थिए। मृतकको हड्डी बिक्री गरेको देखेपछि मृतकका मलामी तथा आफन्तले प्रहरीलाई खबर गरेका थिए।
पक्राउ गरेका व्यक्तिलाई कुन कानुनअनुसार कारवाही र अनुसन्धान गर्ने भन्नेमै अन्यौलता रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आइतबार अभद्र व्यवहारमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिने भएको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया