गाइजात्राका अवसरमा नदीपुरमा तायमचा

पोखरा । नदीपुर तायमचा समितिले गाइजात्रा पर्वको अवसरमा पोखरा ३ नदीपुरमा पहिलो पटक तायमचा नाच प्रदर्शन गरेको छ । हालै मात्र गठन भएको उक्त समितिले यसै वर्षदेखि नाच देखाउन थालेको हो ।
वडा नम्बर ३ को कार्यलयबाट सुरु भएको नाचले नदीपुर क्षेत्र, नारायणस्थान मन्दिर, पालिखेचोक, तेर्सापट्टी, कोपिलढुंगा, भिसी मार्ग, भैरव मन्दिर, बाल मन्दिर, मिन मार्ट हँुदै सोही स्थानमा आएर समापन भएको समिति अध्यक्ष गौतम उदासले जानकारी दिए । सुकृति ताम्राकार, सुदिज्ञा ताम्राकार, सराहना ताम्राकार, ओसम द्वा, निया घर्ति र मिजास उदासले नृत्य गरेका थिए ।
बाद्यवादनमा प्रसिद्ध उदास, सरोज जलारी, समीर उदास, सफल द्वा, शैलेस ताम्राकार, निर्जला ताम्राकार थिए । युवा पुस्तालाई संस्कृतिप्रति जागरुक बनाउन स्थापित समितिको उपाध्यक्षमा रवि उदास, सचिव सकेन्द्र ताम्राकार, कोषाध्यक्ष नारायणप्रसाद द्वा, सहसचिवमा शान्ति श्रेष्ठ उदास छन् ।
सदस्यमा लक्ष्मी ताम्राकार, गोविन्द पराजुली, राजेन्द जलारी, प्रेम पुन, सुन्दर श्रेष्ठ, सुनील थापा, राजु कायस्थ, विन्दु पाण्डे, पुष्प उदास, सुदर्शन न्हुच्छे प्रधान, जितेन्द्र ताम्राकार र शिवराम श्रेष्ठ छन् ।
समितिका सल्लाहकारमा श्रीकृष्ण कतिला, प्रकाश घिमिरे, अनुप बराल, वसन्त उदास, गोविन्द ताम्राकार, आनन्दमान ताम्राकार, दिलीप गिरी, मुकुन्दराज राजभण्डारी, सनकमान सिके, शान्तीदेवी पराजुली, सवि परियार र नवीन आले छन् । समितिले साउन ३१ गते शिशुवामा हुने तायमचा नृत्य प्रतियोगितामा पति सहभागिता जनाउने अध्यक्ष उदासले जानकारी दिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया