पोखरा विश्वविद्यालयमा मेकानिकल इञ्जिनियरिङको पढाइ सुरु, भर्ना खुल्यो

पोखरा- पोखरा विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ सुरु गरेको छ। विश्वविद्यालयले पाठ्यक्रम तयार गरी पहिलो पटक भर्नाका लागि अनलाइन आवेदन खुला गरेको हो।
विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन सहप्राध्यापक बुद्धिराज जोशीका अनुसार, समयसापेक्ष नवीन प्रविधिको पठनपाठन गराउने लक्ष्यअनुसार मेकानिकल इञ्जिनियरिङको सुरुवात गरिएको हो। भर्ना समितिका संयोजक सुरेश बरालले स्वदेशमै गुणस्तरीय शिक्षा दिने र बढ्दो जलविद्युत्, ऊर्जा तथा औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा यो कार्यक्रमले सहयोग पुर्याउने बताए।
पाठ्यक्रममा आधुनिक प्रविधि जस्तै- अटोमेसन, रोबोटिक्स, इन्डस्ट्री ४.० र मेसिन लर्निङ जस्ता विषयहरूलाई पनि समावेश गरिएको उपप्राध्यापक ऋषभ खनालले जानकारी दिए।
विसं २०५४ मा स्थापना भएको पोखरा विश्वविद्यालयले विभिन्न संकायमार्फत शैक्षिक कार्यक्रमहरू संचालन गर्दै आएको छ। यसअन्तर्गत व्यवस्थापन संकायमा बिबिए, बिएचएम, एमबिए; मानविकी तथा सामाजिक विज्ञान संकायमा विकास अध्ययन, अंग्रेजी; स्वास्थ्य विज्ञान संकायमा नर्सिङ, फार्मेसी, जनस्वास्थ्य; र विज्ञान तथा प्रविधि संकायमा कम्प्युटर, सिभिल, इलेक्ट्रिकल इञ्जिनियरिङ लगायतका विषयमा पढाइ हुँदै आएको छ।







सर्वोदय माविको ७४औं वार्षिकोत्सव
पोखरा विमानस्थलको २ अर्ब बेरुजु ठेकेदारकै भुक्तानीबाट कट्टा हुने
जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया