अनेमसंघ वैदाम कमिटीको तिज कार्यक्रम

पोखरा ।
अखिल नेपाल महिला संघ वडा कमिटी ६ वैदामले हरितालिका तिजको आइतबार अवसरमा शुभकामना आदानप्रदान तथा तिज विशेष कार्यक्रम गरेको छ ।
अनेमसङ केन्द्रिय सल्लाहकार परिषद् अध्यक्ष एवं गण्डकी प्रदेशकी पूर्व उपसभामुख सृजना शर्माले एमालेले पार्टीको नीति, सिद्धान्त अनुरुप सबै जातजाती र वर्गहरुको संस्कृतीलाई महत्वका साथ मनाउने गरेको बताउँदै तिजको शुभकामना व्यक्त गरिन् ।
जन्मथलो जान नपाएका महिलाहरुलाई भेला गरेर एक आपसमा दुखसुख साटासाट गर्न अवसर जुराइदिएर पार्टीले अभिभावकत्व ग्रहण गरेको भन्दै उनले खुशी ब्यक्त गरिन् ।अध्यक्ष शर्माले तिज पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको बताउँदै पछिल्लो समय पर्वले सम्पूर्ण महिलाहरूलाई संगठित गर्दै आफ्ना हक र अधिकारका लागि आवाज उठाउने सशक्त माध्यम बनेको बताइन् ।
उनले महिलाहरु राजनीतिक, धार्मिक, सांस्कृतिक या कुनै पनि पक्षबाट कोही पनि महिलाहरु विभेद अन्याय अत्याचार, शोषणबाट मुक्त हुनु पर्ने बताउँदै यसको नेतृत्व अनेमसघंले लिनुपर्नेमा जोड दिइन् ।
उनले लामो संर्घषपछि देशमा गणतन्त्र स्थापना भएको र अधिकारबाट बन्चित भएका महिलाहरु अहिले राज्यका विभिन्न नेतृत्वमा पुगेको बताइन् ।
नेकपा एमाले केन्द्रिय सदस्य एवं पूर्व प्रदेश साम्सद राजीव पहारीले चाडपर्वहरु नेपालीको घराअगनिमा प्रवेश गरेको बताउदै तिजको शुभकामना क्यक्त गरे ।
उनले बिगतमा महिलामाथि हुने विभेदलाई अन्त्य गर्दै महिलाका अधिकारहरु स्थापना गर्न अनेमसघंको ठूलो भूमिका रहेको बताए । उनले मुलुकलाई विकसित बनाउन र महिलाका अधिकार स्थापित गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको बताए ।
एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्रीले तिज पर्वलाई सिर्जनशील तरिकाले मनाउनु पर्ने बताए । निरंकुश साशन एवं अन्याय र अत्याचारको बिरुद्ध अनेमसघंले तिजलाई प्रयोग गर्दै आन्दोल गर्ने गरेको स्मरण गर्दै उनले गितकै माध्यमबाट साशकलाई च्यालेन्ज गर्ने गरेको बताए ।
एमाले वडा कमिटी ६ वैदामका वडा अध्यक्ष जमुना पराजुलीले तिजको शुभकामना दिदै महिलाहरुले आफ्नो हक अधिकार आफैले खोज्नु पर्नेमा जोड दिदै त्यसका लागि महिला शिक्षित हुनु पर्नेमा जोड दिइन् । उनले हिजो चुलो चौकोमा मात्रै सिमित हुने महिला अहिले वडा अध्यक्षदेखि रास्ट्रपति बन्न पाएको स्मरण गर्दै यो सबै जनआन्दोलन पछि आएकोा परिवर्तनले सम्भव रहेको बताइन् । उनले महिलालाई आरक्षण नभएर प्रतिस्पर्धाबाट नेतृत्व लिन पाउने अवसर दिनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य देवका पहारी, पूर्व गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइराला, वैदामा वडा कमिटी अध्यक्ष अञ्जना पहारी, कार्यक्रम संयोजक एवं वडा कमिटी उपाध्यक्ष मन्जु भट्टराईलगायतले गणतन्त्र स्थापना भएसङै राज्यका हरेक ठाउँमा महिलाका अधिकार ३३ प्रतिशत सुनिश्चित भएको बताउदै सम्बिधानमा नभएका र छुटेका महिला अधिकारका विषयलाई समेट्दै जानू पर्नेमा जोड दिएका थिए ।
कमिटी सचिव विष्णु केसीले कार्यक्रमको संञ्चालन गरेकी थिइन ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया