गुरुङ समुदायको ट्होंटे पर्वमा कास्कीका ३ पालिकाले स्थानीय बिदा दिने

पोखरा । गुरुङ (तमु) समुदायको मौलिक सांस्कृतिक पर्व ‘ट्होंटे’ को अवसरमा कास्कीका तीन वटा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाका अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाले आगामी साउन २७ गते मंगलबारका दिन स्थानीय बिदा दिने घोषणा गरेका हुन् ।
तीनवटै पालिकाले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै आफ्नो पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द रहने जानकारी दिएका छन् । सूचनाअनुसार, साउन २७ गते गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकारबाही बन्द रहनेछन् ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ र मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलद्वारा जारी सूचनाहरूमा ‘आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवं सांस्कृतिक पर्व ट्होंटे’ को अवसरमा बिदा दिइएको उल्लेख छ ।
ट्होंटे पर्व गुरुङ समुदायले प्राकृतिक प्रकोप, महामारी र अनिष्टबाट गाउँबस्तीलाई बचाउनका लागि मनाउने एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका विशेष संस्कृति, पर्व र जात्राहरूको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय बिदा दिन सक्ने अधिकार छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया