पोखरामा एडीबीको लगानी कार्यक्रम: हरित पूर्वाधार र जलवायु सहनशीलतामा जोड

पोखरा ।
एसियाली विकास बैंकको सहयोगमा पोखरा महानगरपालिका क्षेत्रमा हरित तथा सहनशीलता वित्तीय सुविधा लगानी कार्यक्रम संचालनका लागि छलफल भएको छ । उक्त कार्यक्रमसँग सम्बन्धित विज्ञहरूको समूहले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको हो ।
छलफलका क्रममा जलवायु परिवर्तनका असरहरूले जनजीवनमा पारेको प्रभाव न्यूनीकरण, वातावरणमैत्री पूर्वाधार निर्माण, खानेपानीको मुहानहरूको संरक्षण, व्यवस्थित भूउपयोग, मानव संसाधनको विकास लगायत विषयमा छलफल भएको छ ।
सो क्रममा नगर प्रमुख आचार्यले पोखरा महानगरपालिका जलवायु परिवर्तनका कारण जनजीवन तथा वातावरणमा परेको असरप्रति सचेत रहेको उल्लेख गर्दै यसका प्रभावहरू न्यूनीकरण गर्नका लागि थप नीतिगत व्यवस्थाहरू गरी कार्यान्वयनको चरणमा रहेको बताए । यसका लागि पोखरा महानगरपालिकाको समग्र मापदण्ड र प्रथम पञ्चवर्षीय ऊर्जा योजना समेत तयार गरिएको उनले बताए ।
उक्त टोलीमा विज्ञहरू डा खडानन्द लम्साल, इन्जिनियर सुमन मेहर श्रेष्ठ, सहरी पूर्वाधार इन्जिनियर पाउल अब्बे र विज्ञ लुइस हेर्नानान्डो गोमेजको सहभागिता रहेको थियो ।








‘मुर्बै लयँ सारा’ बोलको गीत सार्वजनिक
तनहुँको मौरीबासमा बस र स्कुटर ठोक्किँदा १ जनाको मृत्यु
एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी : भूगोल र क्षेत्रमा युवा अनिवार्य, वरिष्ठ उपाध्यक्ष हट्यो
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया