कालिका बहुमुखी क्याम्पसमा कर्मचारीहरूलाई तालिम

पोखरा ।
त्रिभुवन विश्वविद्यालयका परीक्षाहरूसँग सम्बन्धित क्रियाकलापहरूलाई प्रभावकारी र समयसापेक्ष गर्ने उद्देश्यले कालिका बहुमुखी क्याम्पस पोखरामा कर्मचारीहरूलाई सूचना प्रविधिसँग सम्बन्धित तालिम सुरु भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको सहयोगमा सोमबार सुरु भएको तालिम २७ गतेसम्म चल्नेछ ।
कार्यक्रममा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाका सम्पूर्ण कार्यहरू क्रमशः अनलाइनमार्फत सम्पादन गरिने र त्यसका लागि परीक्षासँग सम्बन्धित कर्मचारीहरू सक्षम र नयाँ सफ्टवेयरका बारेमा ज्ञान हुनु आवश्यक रहेको हुँदा कालिका बहुमुखी क्याम्पससँग सहकार्य गरेर तालिम सञ्चालन गरिएको बताए ।
उनले गण्डकी र लुम्बिनी प्रदेशका करिब २०० वटा क्याम्पसबाट २०० जना कर्मचारीहरू सहभागी रहेको तालिमले परीक्षा प्रणालीमा सुधार ल्याउने अपेक्षा सुनाए ।
नियन्त्रक जोशीले सहभागी कर्मचारीहरूबाट त्रिवि नाम दर्ता, परीक्षा आवेदन फारम अनलाइन प्रविष्ट तथा अभिलेखीकरण कार्यका लागि तालिम फलदायी रहने बताए ।
कार्यक्रममा कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरन्जी गौतमले परीक्षासँग सम्बन्धित तालिम सञ्चालनले कर्मचारीहरू दक्ष हुने र परीक्षाका कार्यहरूमा गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे । उनले सहभागीहरूलाई क्याम्पसको तर्फबाट स्वागत गर्दै, परीक्षा नियन्त्रण कार्यालयले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।
पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राडा हरि पाठकले अहिलेको वर्तमान परिस्थितिमा परीक्षाका कामहरू अनलाइनमार्फत सम्पादन गर्दा केही दुविधाहरू रहेकोमा यस तालिमले उक्त दुविधाहरू हट्ने विश्वास व्यक्त गरे । उनले कालिका बहुमुखी क्याम्पसद्वारा कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।
नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशका अध्यक्ष कृषिराम बुढाथोकीले शुभकामना व्यक्त गरे भने तालिममा विषय विज्ञको रूपमा पनिंका बल्खुका जीवन कुँवर र दीपकराज भट्टले परीक्षासम्बन्धी सफ्टवेयरका बारेमा तालिम प्रदान गरे । तालिमको सहजीकरण पनिंका पोखराका कर्मचारी गोविन्द पौडेल र कालिका बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख द्वय युवराज गुरुङ, शालिकराम तिमिल्सिना र कर्मचारी हुकुमराज थापाले गरेका थिए ।
क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पोखराका सह-परीक्षा नियन्त्रक डा रामनाथ न्यौपानेको अध्यक्षतामा भएको तालिमको सञ्चालन परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी केशव पौडेलले गरेका थिए ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया