माउन्ट अन्नपूर्णका विद्यार्थी माउन्ट ग्लोरीमा

पोखरा । पोखरा ३ नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविका विद्यार्थीले माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा अवलोकन गरेका छन् ।
आइतबार कक्षा ११ मा अध्यनरत विद्यार्थीले पोखरा २१ दोबिल्लामा रहेको रिसोर्ट अवलोकन गरेको प्रशासक चित्र गुरुङले बताए । कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई नियमित रुपमा होटल तथा रिसोर्टको अवलोकन तथा अध्ययन गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
१ सय विद्यार्थी त्यहाँ पुगेका थिए । विद्यार्थीलाई होटलका बिभिन्न डिपार्ट, फ्रन्ट अफिस विभाग, हाउस किपिङ विभाग, फुड एन्ड बेभरेज विभाग, बारबारे रिसोर्टका फ्रन्ट अफिसर म्यानेजर देवेन्द्र महर्जनले जानकारी गराएका थिए ।
माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र माउंटेनियरिङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ । यो गण्डकी प्रदेशकै निजी स्तरबाट सञ्चालित पहिलो स्कुल हो ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया