निजामती कर्मचारी युनियन प्रदेश विभागीय अधिवेशन सम्पन्न कार्यसमिति निर्विरोध, केन्द्रीय प्रतिनिधिमा मतदान

कास्की।
नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति कास्कीको प्रथम प्रदेश विभागीय अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा अध्यक्षदेखि सदस्यसम्मका पदहरू सर्वसम्मत रूपमा निर्विरोध टुंगिए पनि केन्द्रीय प्रतिनिधि छनोटका लागि भने मतदान भएको छ। ३ पदका लागि ४ जनाको उम्मेदवारी परेपछि भएको निर्वाचनमा प्रभु सिग्देल पराजित भएका छन्।
सोमबार सम्पन्न मतपरिणाम अनुसार, केन्द्रीय प्रतिनिधिमा डार्बिन लम्साल, सुरेशकुमार श्रेष्ठ र रामचन्द्र पौडेल विजयी भएका छन्। लम्सालले सर्वाधिक ११२ मत प्राप्त गरे भने श्रेष्ठले १०६ र पौडेलले ९६ मत ल्याएर जित सुनिश्चित गरे। प्रतिस्पर्धामा रहेका प्रभु सिग्देलले ७० मत प्राप्त गरी पराजित भए।
यसैबीच, युनियनले प्रदिपचन्द्र सुवेदीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा पाएको छ। समितिको उपाध्यक्ष (खुल्ला) मा भक्तबहादुर मल्ल, उपाध्यक्ष (महिला) मा राममाया कडरिया श्रेष्ठ र उपाध्यक्ष (समावेशी) मा सुशीला अधिकारी निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी, सचिवमा कृष्णप्रसाद सुवेदी, सचिव (युवा) मा राजकुमार गौतम र कोषाध्यक्षमा भरत भुजेल चयन भए।

त्यसैगरी, सदस्यहरू तथा प्रदेश प्रतिनिधिहरू पनि निर्विरोध चयन भएका छन्। सदस्यहरूमा राजेन्द्र रेग्मी, दामोदर बराल, मालती दाहाल, हरिदत्त सुवेदी, तोयनाथ आचार्य, अर्जुन सिंह गिरी, मुक्ती गिरी, अंशु शेर्पा (आदिवासी जनजाति) र कविता अर्याल (समावेशी) रहेका छन्। प्रदेश प्रतिनिधिमा श्रीप्रकाश रेग्मी, गोविन्दप्रसाद सापकोटा र कृष्णप्रसाद उपाध्याय निर्विरोध चयन भए।
प्रमुख निर्वाचन अधिकृत शालिग्राम भट्टराईद्वारा जारी सूचना अनुसार निर्वाचन सम्पन्न भएको हो। निर्वाचन समितिले चुनावमा सहभागी सबै उम्मेदवार र मतदातालाई धन्यवाद दिएको छ।







म्याग्दीको सौगातः टिमुरका परिकार
कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया