नवआदर्शलाई हिमश्रीको साथ

समाधान संवाददाता २०८२ साउन २८ गते ११:२४

पोखरा ।
नवआदर्श सामुदायिक विकास समाजले आयोजना गर्दै आएको लामाचौर तीज महोत्सवलाई हिमश्री फुड्सले सघाउने भएको छ । हिमश्री महोत्सवको मुख्य इभेन्ट खुला पुरुष भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर बन्ने भएको हो ।


सोसम्बन्धमा नवआदर्श र हिमश्री फुड्सबीच सम्झौतापत्रमा आयोजकको तर्फबाट अध्यक्ष दिनेश भण्डारी र हिमश्रीको महाप्रबन्धक शिव गिरीबीच हस्ताक्षर भएको हो । हिमश्री फुड्सकै मुख्य प्रायोजनमा पोखरामा २४ वर्षदेखि आहा रारा पोखरा गोल्ड कप चलिरहेको छ ।


रारा चाउचाउ हिमश्रीको मुख्य उत्पादन हो । नवआदर्शले आगामी भदौ ८ देखि १० गतेसम्म २९ औं वार्षिकोत्सव समारोह एवं २७ औं लामाचौर तीज महोत्सव गर्दै छ । लामाचौर स्थित ईन्द्रराज्यलक्ष्मी मावि परिसरमा हुने उक्त कार्यक्रममा विविध सांस्कृतिक एवं खेलकुदका गतिविधि हुने छन् ।

Advertisement


भलिबलको अर्को इभेन्ट अन्तर मावि छात्रा भलिबललाई एक्सपर्ट एजुकेसनले टाइटल स्पोन्सर गरिसकेको छ । महोत्सव पहिलो दिन अन्तरमहिला समूह तीज गीत प्रतियोगिता सुरु हुनेछ भने दोस्रो दिन विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया