डिजाइनर्स फेसन विक हुने

समाधान संवाददाता २०८२ साउन २८ गते ११:२५

पोखरा ।
बुटिक एसोसिएसन नेपालको आयोजनामा साउन ३० गते ‘पोखरा डिजाइनर्स फेसन विक–२०२५’ हुने भएको छ । पोखरा, बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा हुने कार्यक्रम अपराह्न ४ बजेदेखि सुरु हुने बुटिक एसोसिएसन नेपालका अध्यक्ष इन्दिरा लामिछानले जानकारी दिइन् ।


फेसन विकमा ३०० जना सहभागी हुने अपेक्षा गरिएको छ । २०७४ सालमा स्थापना भएको बुटिक एसोसिएसन नेपालले फेसन उद्योगको प्रवद्र्धन, डिजाइनरहरूको सिर्जनशीलता प्रदर्शन तथा सांस्कृतिक र स्थानीय पहिचान संरक्षणको उद्देश्यले यो कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा परम्परागत डिजाइन, पश्चिमी तथा आधुनिक पोशाक, नयाँ संग्रह, मोडलहरूको प्रस्तुति लगायतका आकर्षण रहनेछन् ।


फेसन विकले डिजाइनरलाई नयाँ सोच, प्रविधि र सिर्जनात्मक कलाका साथ ट्रेन्ड र बजार विस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको अध्यक्ष लामिछनेले बताइन् । यसका साथै फेसन उद्योगमा लगानी बढाउने, बजार पहुँच विस्तार गर्ने र सांस्कृतिक सम्पदा प्रवद्र्धन गर्ने उद्देश्य पनि राखिएको छ ।

Advertisement


कार्यक्रममा पोखराका विभिन्न प्रतिष्ठित डिजाइनरहरूको सहभागिता रहनेछ । सहभागीमध्ये सुष्मा थापा पाण्डे, सपाना गुरुङ घले, इन्दिरा लामिछाने, सोयत्ता भट्टराई लम्साल, कमला गुरुङ, अमित बराल, शान्ति श्रेष्ठ मगर, रेनु सुवेदी, रीना श्रेष्ठ, श्रीजना श्रेष्ठ, आस्मी गुरुङ, सुनिता गुरुङ, मञ्जु क्षेत्री र कल्पना गुरुङ छन् ।


यस वर्षको फेसन विकमा करिश्मा मानन्धर, अञ्जना बराइली, सनीषा भट्टराई, प्रेम सिंह, कृशल श्रेष्ठ, सुवेक्षा खड्का, मिरा कक्षपाती र प्रेमा लामा विशेष अतिथिका रुपमा रहने संस्थाकी सचिव कमला गुरुङले जानकारी दिइन् । उनीहरुका साथमा पोखराका मोडलहरुको पनि सहभागिता रहनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया