खाद्य स्वच्छता अभिमुखीकरण
पोखरा ।
खाद्य स्वच्छताको आधारमा होटल लोगो स्तरीकरण तथा नवीकरण कार्यक्रम अन्तर्गत खाद्य स्वच्छता र गुणस्तरबारे एक दिवशीय कार्यक्रम भएको छ ।
खाद्य पदार्थमा स्वच्छता विज्ञानको अपरिहार्यता भन्ने नाराका साथ भएको कार्यक्रममा उपभोक्ता मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगलले होटल तथा रेस्टुरेन्टको स्तरीकरण गर्न तथा उपभोक्ताको स्वास्थ्यलाई राम्रो बनाउन यस्ता कार्यक्रम निकै महत्वपूर्ण हुने बताए ।
अध्यक्ष लिगलले होटल, रेस्टुरेन्टले दिने सेवाबाट उपभोक्ता विश्वस्त बन्नका लागि यस प्रकारका कार्यक्रम समय समयमा जरुरी हुने जनाए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले पोखरामा सञ्चालित होटल व्यवसायले दिने खाद्य सुरक्षालाई प्रभावकारी बनाउन आफ्नो कार्यालयले बिभिन्न गतिविधि गर्दै आएको उल्लेख गरे ।
पोखरा पर्यटनको मुख्य गन्तव्य भएकाले यहाँका होटल, रेस्टुरेन्ट व्यवसाय हरेक क्षेत्रबाट उत्कृष्ट हुनुपर्नेमा जोड दिए । कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत प्रदीप काफ्ले, प्राविधिक सहायक सोनन्द मल्ल र सबिना सुनारले सहजीकरण गरेका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजना तथा होटल संघ नेपाल पोखरा र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल पोखराको समन्यनमा भएको कार्यक्रममा पोखरामा सञ्चालित ४० वटा होटल तथा रेस्टुरेन्टका ६० जना सहभागी थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया