सीमामा सशस्त्र चेकपोष्ट दोब्बर थप्ने सरकारको निर्णय

समाधान संवाददाता २०७६ पुष ३ गते १६:१०

समाधान संवाददाता, काठमाडाैं

Advertisement

सरकारले सीमामा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सीमामा सशस्त्र चेकपोष्ट ११४ वटा थप गर्ने जानकारी दिएका हुन्।

Advertisement

यसअघि सीमामा १०७ वटा सशस्त्रको चेकपोष्ट थियो। चेकपोष्ट थप गरिएसँगै अब २२१ वटा चेकपोष्ट हुनेछन्।

सुरक्षा व्यवस्था सुदृढ बनाउन र सीमा सुरक्षा गर्न सशस्त्रको चेकपोष्ट थपिएको हो।

Advertisement

नेपालको भूमि समेटेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै फेरि सीमा विवाद बल्झिएको छ। यद्यपी भारत सरकारले भने नेपालीको भूमि नसमेटी नक्सा सार्वजनिक गरिएको बताउँदै आएको छ।

नेपाल सरकारले भने कूटनीतिक तवरले भारतसँग छलफल गर्ने बताएको छ।

तपाईको प्रतिक्रिया