एमसीसी प्रसारण लाइन निर्माण अघि बढ्यो, १५ करोड डलरको ठेक्कामा हस्ताक्षर

पोखरा । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए-नेपाल) ले विद्युत् प्रसारण आयोजना अन्तर्गत १८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि दुईवटा ठेक्का सम्झौतामा हस्ताक्षर गरेको छ । एन्जेलिक-स्किपर जेभी र वाइबा-सलासर जेभीसँग भएको यो सम्झौता करिब १५ करोड ४५ लाख अमेरिकी डलर बराबरको हो ।
यो सम्झौतासँगै नेपाल र अमेरिकी सरकारको संयुक्त लगानीमा बन्न लागेको एमसीसी नेपाल कम्प्याक्ट परियोजना कार्यान्वयनको महत्त्वपूर्ण चरणमा प्रवेश गरेको छ । ठेक्का सम्झौताअनुसार रातमाटेदेखि न्यू दमौली र न्यू दमौलीदेखि न्यू बुटवलसम्मको कुल २९७ किलोमिटर प्रसारण लाइनमध्ये १८० किलोमिटर खण्डको डिजाइन, जडान, परीक्षण र निर्माण गरिनेछ ।

सम्झौता हस्ताक्षर समारोहमा एमसीसीका कम्प्याक्ट अपरेशन विभागका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गल, अर्थ सचिव घनश्याम उपाध्याय, कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्स, एमसीसीका आवासीय देशीय निर्देशक डायान फ्रान्सिस्को र एमसीए-नेपालका कार्यकारी निर्देशक खड्ग विष्ट उपस्थित थिए ।
एमसीसीका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गलले यो प्रसारण लाइन नेपालको विकासका लागि महत्त्वपूर्ण कोसेढुंगा रहेको बताए । उनले यसले देशभरि विद्युत्को प्रभावकारी प्रवाह सुनिश्चित गर्ने, नेपाली घरपरिवार, उद्योग र उद्यमका लागि विद्युत्को मूल्य सस्तो बनाउने र नेपालका लागि घरेलु तथा क्षेत्रीय रूपमा बलिया आर्थिक अवसर सिर्जना गर्ने उल्लेख गरे ।
नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले यो सम्झौता नेपालको विकास र समृद्धिप्रतिको अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक भएको बताए । ‘यो साझेदारीमार्फत हामीले विद्युत्को लाइन र आर्थिक पूर्वाधार निर्माण मात्र गरिरहेका छैनौँ, नेपालको दीर्घकालीन विकासलाई पनि गति दिइरहेका छौँ’, उनले भने, ‘एमसीसी कम्प्याक्ट सम्झौता नेपाल र अमेरिकाबीचको सहकार्यको आधारशिला हो । नेपालका सबै नागरिकलाई लाभ पुग्ने गरी मिलेर अघि बढ्न पाएकोमा हामीलाई गर्व लागेको छ ।’









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया