तीजमा ‘अब गाउँछ अमेरिका’ कार्यक्रम

पोखरा ।
नेपाली लोक र आधुनिक संगीतको रौनक सहितको ‘अब गाउँछ अमेरिका’ नामक बृहत् सांगीतिक कार्यक्रम आगामी भदौ १४ गते, शनिबार (अगस्ट ३०) मा अमेरिकाको न्यू ह्याम्पसायरस्थित म्यानचेस्टरमा हुने भएको छ ।
एभरेष्ट कल्चरल ग्रुप – अमेरिकाको आयोजनामा मुर्रा ब्रदर्स एनएच र एनएच दिदीबहिनी समूहको सहआयोजनामा तीजको पावन अवसरमा यो विशेष सांस्कृतिक उत्सव आयोजना गर्न लागिएको हो ।
कार्यक्रम म्यानचेस्टर कम्युनिटी म्युजिक स्कूलको हलमा दिउँसो ५ बजेदेखि सुरु हुने जानकारी गराइएको छ । यसमा नेपालका चर्चित कलाकारहरू—वरिष्ठ लोकदोहोरी गायक बद्री पंगेनी, लोकप्रिय गायक प्रताप दास, सुमधुर स्वरकी धनी गायिका एलिना चौहान र लोकदोहोरी गायिका कला लम्सालले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् ।
आयोजकका अनुसार तीजको अवसरमा नेपालबाट आएका कलाकारहरूले अमेरिकास्थित नेपाली समुदायलाई भरपूर मनोरञ्जन दिनेछन् । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने टिकट बिक्री समेत उत्साहजनक रहेको छ ।
एभरेष्ट कल्चरल ग्रुप अमेरिका र एनएच दिदीबहिनी समूहकी अध्यक्ष किरण गुरुङले यो कार्यक्रमले नेपाली मौलिक संगीतको संरक्षण र प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । मुर्रा ब्रदर्स एनएचका अध्यक्ष सोम गुरुङले समुदायको माया र उत्साहले आफूहरूलाई थप हौसला मिलेको बताए ।
आयोजक संस्थाका महासचिव साथै चर्चित कलाकार एवम् कार्यक्रम उद्घोषक सुरेन्द्र गुरुङले अमेरिकामा रहेका सबै नेपालीलाई यस ऐतिहासिक अवसरको साक्षी बन्न आग्रह गरेका छन् । यो उत्सवले संगीतको माध्यमबाट टाढा रहेका नेपाली मनहरूलाई जोड्ने पुलको काम गर्ने विश्वास उनको छ ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया