वरपीपल रिसोर्टको वार्षिकोत्सव

समाधान संवाददाता २०८२ साउन ३० गते ९:४०

पोखरा ।
पोखरा, लेकसाइड स्थित वरपीपल रिसोर्टले छैटौं वार्षिकोत्सवको अवसरमा लमजुङको दोर्दी गाउँपालिका ५ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद पोशाकसहित शैक्षिक सामग्री सहयोग गरेको छ ।


रिसोर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका १ सय २० विद्यार्थी र शिक्षकलाई ट्रयाकसुट र टि–सर्ट तथा विद्यार्थीलाई कापी हस्तान्तरण गरेको रिसोर्टका आवासीय प्रबन्धक पदम न्यौपानेले जानकारी दिए । रिसोर्टले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने योजना बनाएको छ । बिहीबार वार्षिकोत्सवमा ९कर्मचारीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा पविनकुमार श्रेष्ठ, सुमन श्रेष्ठ, परशुराम राना, जीना लिम्बु, सचिन गुरुङ, लायक राम राजबंशी, हर्क गुरुङ, गिरिधारी उपाध्याय र चिन्मे विश्वास छन् ।


साउन महिनाका उत्कृष्ट कर्मचारीको रूपमा लेखा शाखाका होमनाथ पराजुली सम्मानित भए । रिसोर्टका अध्यक्ष अमरजंग (जितु) गुरुङ र आवासीय प्रबन्धक पदमप्रसाद न्यौपानेलगायतले उनीहरुलाई सम्मान गरेका थिए । रिसोर्टले हरेक महिनामा १ उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने योजना बनाएको छ ।

Advertisement


कोभिड १९ को चुनौतीपूर्ण परिस्थितिमा स्थापना भएको वरपिपल रिसोर्टमा हाल ७० कर्मचारी छन् । सुविधा सम्पन्न रिसोर्टमा ४५ कोठा छन् । जसमा १ वटा स्विट, ३ जुनियर स्विट, ९ सुपर डिलक्स र बाँकी डिलक्स कोठा छन् । हाल रिसोर्टमा करिब ५० प्रतिशत अकुपेन्सी रहेको जनाइएको छ ।


वार्षिकोत्सवमा कर्मचारीले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । उत्कृष्ट नृत्य प्रदर्शन गर्ने कर्मचारी निशान्त घलेलाई पुरस्कार प्रदान गरिएको थियो । रिसोर्टका सञ्चालक जितु गुरुङले निरन्तरता र प्रतिबद्धताले सफलता हासिल गर्न सकिने उल्लेख गर्दै कर्मचारीलाई परिवारको सदस्यझैं मान्ने गरेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया