निरन्तर चिकित्सा शिक्षा

पोखरा ।
पोखरामा शनिबार निरन्तर चिकित्सा शिक्षा कार्यक्रम भएको छ । गण्डकी प्रदेशमा कार्यरत नाक, कान तथा घाँटीरोग विशेषज्ञको छाता संगठन सोल गण्डकीको विधिवत स्थापना भएको हो ।
कार्यक्रममा कानमा लाग्ने ढुसी रोगका विषयमा गण्डकी मेडिकल कलेजमा कार्यरत उपप्राध्यापक तथा सोल नेपालका केन्द्रीय सदस्य डा सञ्जय कोईराला र सिभिल अस्पताल काठमाडौमा कार्यरत सोल नेपाल केन्द्रीय महासचिव डा दिपेश शाक्यले इन्डोस्कोपले गरिने कानका अप्रेसनका विषयमा प्रस्तुति राखे ।
सोल नेपालको केन्द्रीय अध्यक्ष सहप्राडा रवीन्द्रभक्त प्रधानांगको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशमा कार्यरत नाक, कान तथा घाँटीरोग विशेषज्ञ तथा आवासीय चिकित्सकको उपस्थिति थियो ।
वरिष्ठ नाक कान तथा घाँटी रोग बिशेषज्ञ डा देवेश शाक्यले सोल गण्डकीको कार्यकारी समिति घोषणा गरेका थिए । केन्द्रीय अध्यक्षले विधान र महासचिवले माइन्युट शाखाका नवनियुक्त पदाधिकारीलाई हस्तान्तरण गरेका थिए । मंगलबार भएको भेलाले प्राडा कृष्ण कोइरालाको अध्यक्षतामा सोल गण्डकीको तदर्थ समिति बनाएको थियो ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया