सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार
समाधान संवाददाता
२०८२ भदौ १ गते १९:२७

पोखरा । रण स्मृति पुरस्कार संस्थाले ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’लाई शक्ति पुरस्कार २०८२ बाट सम्मानित गरेको छ । सरुलाई नगद १० हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा साहित्यकार काजी रोशनले नेपाली साहित्यमा विशेष गरी कविता विधामा सरुको योगदान उल्लेखनीय रहेको बताए । लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ३ सोतीपसलमा जन्मिएर पोखरालाई कर्मथलो बनाएर बनाउने सरु ४० को दशकदेखि साहित्यमा क्रियाशील छिन् ।
उनका थुँगा थुँगा जिन्दगानी, एक झुल्को घाम ओर्लेर सडकमा, फूलहरुको आँधी, किट्टी जस्ता कृति प्रकाशित छन् । कार्यक्रममा कमल बोहोरा, सीता नेपाली र नवीन शर्मा र नवराज गौतमले पनि बोलेका थिए । सरु यसअघि डेढ दर्जन जति पुरस्कार र सम्मानबाट विभूषित भइसकेकी छन् ।
सम्बन्धित








कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया