१७ युवा व्यवसायीको लगानीमा खुल्यो पोखरामा मेट्रो ग्रुप

पोखरा । पोखराका १७ जना स्थापित व्यवसायीले संयुक्त लगानीमा मेट्रो ग्रुप प्रालि नामक कम्पनी सञ्चालनमा ल्याएका छन् ।
कम्पनी स्थापना गर्नुको मुख्य उद्देश्य चीन, थाइल्यान्ड र बंगलादेशजस्ता देशबाट ‘लेडिज एन्ड जेन्ट्स’ का भित्री पहिरन आयात गरेर पोखरामा होलसेल व्यापार गर्नु हो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बिहीबार पोखराको चिप्लेढुंगास्थित पन्थी गल्लीमा रहेको कम्पनीको औपचारिक शुभारम्भ गरे ।
मेट्रो ग्रुपका अध्यक्ष यादवराज पोखरेलले अब चीनबाट सीधै पोखरामा सामान आयात हुने हुँदा काठमाडौंमाथिको निर्भरता अन्त्य हुने उल्लेख गरे । आफ्नो क्षेत्रमा सफल भइसकेका व्यवसायीहरू मिलेर संस्था खोलेकाले यो साझेदारी सफल हुनेमा आफू विश्वस्त रहेको धारणा उनले राखे ।
कार्यक्रमका संयोजक तथा ग्रुपका कोषाध्यक्ष नवराज त्रिपाठीले एक वर्ष पुरानो सोचले अहिले मूर्तरूप पाएको र कम्पनीले चीनबाट प्रत्यक्ष रूपमा सामान ल्याउन थालिसकेको जानकारी दिए । उनका अनुसार, प्रारम्भिक चरणमा सामानहरू सेयर सदस्यहरूबीच नै खपत भइरहेको छ र सदस्यइतर बजारमा पुग्न सकेमा भविष्य निकै उज्यालो देखिन्छ ।
सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की, पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, संघको वस्तुगत संघ संयोजक पृथ्वीराज तिमिल्सिना, उद्योग व्यवसायी महासंघ गण्डकीका अध्यक्ष बबरजंग गुरुङ, कपडा व्यवसायी एसोसिएसन कास्कीका अध्यक्ष लेखनाथ पौडेल, ग्रुपका सचिव लेखनाथ सुवेदी र सेयर सदस्य अर्जुन पोखरेल लगायतका वक्ताहरूले मेट्रो ग्रुपको स्थापनाले उद्यमशीलतामा नयाँ आशा जगाएको विचार व्यक्त गरे ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया