राप्रपा कास्कीका अध्यक्ष गुरुङकी माता बालकुमारीको निधन
समाधान संवाददाता
२०८२ भदौ २ गते १९:५५

पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीका अध्यक्ष नारायण गुरुङकी आमा बालकुमारी गुरुङको निधन भएको छ । पोखरास्थित मियाँपाटनमा रहेको आफ्नै निवासमा सोमबार उनको ८९ वर्षको उमेरमा देहावसान भएको हो ।
पारिवारिक स्रोतका अनुसार स्व. गुरुङको अन्तिम संस्कार मंगलबार बिहान ११ बजे पोखराको रामघाटमा गरिनेछ । त्यसअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर मियाँपाटनस्थित निवासमै राखिएको छ ।
स्व. गुरुङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उनको निवासमा आफन्तजन, शुभचिन्तक तथा विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ताहरु पुग्ने क्रम जारी छ ।
दिवंगत बालकुमारीका दुई छोरामध्ये नारायण जेठा सन्तान हुन् ।
सम्बन्धित








काठमाडौैंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनलका लागि विराटनगरसँग भिड्ने
जीर्णोद्धारपछि फेरियो गलकोट दरबारको मुहार
सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया