हाइकिङ टोली अस्ताम र धितालमा

समाधान संवाददाता २०८२ भदौ ४ गते १०:२४

पोखरा ।
हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को शृंखलामा कास्की जिल्लाको धिताल गाउँ र अस्तामको नौमती बाजापार्क प्रवद्र्धन गरिएको छ । साउनको अन्तिम शनिबार पोखरा ९ दरबारथोकमा भेला भई हेमजाको सुइखेतसम्म बसमा, त्यसपछि पैदल हेमजाकोट सामुदायिक होमस्टे हँदै धिताल होमस्टेमा पुग्दा सञ्चालन विशाल पौडेलले स्वागत गरेका थिए ।


हाइकिङ समूह धितालबाट अस्तामको नौमती बाजापार्क, अस्ताम गाउँ, झिझिर्का हुँदै मिलनचोकसम्म पैदल आई हाइकिङ समापन गरिएको थियो । त्यसपछि माछापुच्छ«े गाउँपालिका वडा नं. ६ अस्ताममा रहेको नौमती बाजा टोली पुगेको थियो । समुन्द्री सतहबाट १ हजार ५ सय ५० मिटरको उचाइमा पोखरीडाँडामा निर्माण गरिएको नर्सिंङ, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलक जस्ता बाजा प्रदर्शनमा राखिएकोे छ ।


हरेक महिनाको अन्तिम शनिबार विगत ६ वर्षदेखि नियमित रुपमा हाइकिङ कार्यक्रम चलिरहेको छ । क्लबको आयोजना भएता पनि उक्त दिनको यातायात र खानाको खर्च सहभागी आफैंले व्यहोर्नुपर्ने कार्यक्रममा सहभागीको बढ्दो उपस्थितिले क्लबलाई हौसला मिलेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए ।

Advertisement


पहिलो पटक सहभागी जनसञ्चार डटकमका सञ्चालक ओम हमालले हरेक महिना नयाँ नयाँ गन्तव्यमा पैदलै हिड्दै, गाउँघर चाहर्दै गाउँको अर्गानिक खानाको स्वाद लिन पाइने भएकाले यसको आकर्षण बढ्ने बताए । उनले यस्ता राम्रा कार्यक्रम गरी ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने संस्थालाई राज्यले सहयोग गर्नुपर्ने उल्लेख गरे ।


सहभागी पवित्र बचत तथा ऋण सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटले हाइकिङको सुरुवाती समयमा आफू पनि सहभागी हुने गरेको स्मरण गरे । आगागी ६२ औं हाईकिङ भदौको अन्तिम शनिबार २८ गते हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया