फोटोग्राफी दिवस मनाइयो

समाधान संवाददाता २०८२ भदौ ४ गते १०:४७

पोखरा।
नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका ५ सुनपदेलीमा शुभकामना आदानप्रदान, बधाई कार्यक्रम गरेको हो ।

Advertisement


कार्यक्रममा संघका अध्यक्ष राम गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले प्रदान गर्ने कञ्चन पत्रकारिता पुरस्कार प्राप्त गरेकोमा बधाई ज्ञापन गरियो । कार्यक्रममा संघका सल्लाहकार तथा पूर्वअध्यक्ष कृष्णमणि बरालले रचनात्मक र उत्कृष्ट फोटो खिच्नु आजको आवश्यकता भएको बताए । चुनौतीलाई छिचोल्दै फोटोग्राफर र फोटो पत्रकार अघि बढ्नुपर्ने समय आएको उनले सुनाए ।


आगामी दिनमा फोटो पत्रकार संघ कास्कीलाई अझै रचनात्मक काम गर्दै अघि बढ्न उनले सुझाव दिए । संघका सल्लाहकार एवं पूर्वअध्यक्ष ईन्द्रप्रसाद पौडेलले फोटोग्राफी नजानी फोटो पत्रकार हुन नसक्ने भन्दै यसमा ध्यान दिन आग्रह गरे । फोटोग्राफी र पत्रकारिताको तालिम लिएकाहरु यस क्षेत्रमा लाग्नुपर्नेमा उनको जोड छ ।

Advertisement


नेपाल फोटो पत्रकार संघ, कास्कीकी उपाध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य राधिका कँडेलले फोटोग्राफी र फोटो पत्रकारितमा अवसरसँगै चुनाती रहेको बताइन् । निवर्तमान अध्यक्ष दुर्गा पौडेलले संसारभरका फोटोग्राफर र फोटोपत्रकारलाई एकै सूत्रमा बाध्न दिवसले सहयोग पुग्ने बताए ।


कार्यक्रममा संघका कास्की अध्यक्ष राम गुरुङले एक पटक खिचेको फोटो सधैं अमर रहने बताए । संघले आगामी दिनमा पनि फोटो पत्रकारको हितमा काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया