गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार सुधार्न कोरियाली सरकारको सवा अर्ब अनुदान
समाधान संवाददाता
२०८२ भदौ ४ गते १२:५९
पोखरा ।
नेपालको प्राविधिक शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण सहयोग गर्दै दक्षिण कोरिया सरकारले गण्डकी प्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण तथा स्तरोन्नतिका लागि अनुदान उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले दिएको जानकारीअनुसार, उक्त सहयोगसम्बन्धी औपचारिक समझदारीपत्रमा आज हस्ताक्षर हुँदैछ । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान अन्तर्गत सञ्चालित उक्त शिक्षालयको समग्र विकासका निम्ति कोरियाले एक अर्ब २५ करोड रुपैयाँ बराबरको अनुदान सहयोग गर्न लागेको हो ।
यो सहयोगले शिक्षालयको भौतिक पूर्वाधारमा उल्लेख्य सुधार ल्याई गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया