चण्डिका आमा समूहमा विना

समाधान संवाददाता २०८२ भदौ ५ गते ११:३२

पोखरा ।
पोखरा ९ दरबारथोकमा रहेको चण्डिका आमा समूहको १३ औं साधारणसभा तथा ५ औं अधिवेशनले विना श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।

Advertisement


१५ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्ष देउमाया श्रीस पुन, सचिव मिना सिग्देल, कोषाध्यक्ष कमला पाण्डे र सहसचिवमा शान्ति भुजेल मगर छन् । सदस्यमा कृष्णमाया कार्की, नीलम खवास श्रेष्ठ, सुनिता केसी, शान्ति गौतम, विष्णु सिग्देल, देवका थपलिया, रचना खवास, खिमा अधिकारी, चुनुमाया गुरुङ र सीता खवास सर्वसम्मत बने ।


सल्लाहकारमा सरस्वती कोइराला, सीता नेपाली, गंगा सुवेदी, विमला रानाभाट, पुष्पकुमारी आचार्य, हरिमाया गुरुङ, शारदा सिग्देल, शोभा अधिकारी र खिमा गुरुङ छन् ।

Advertisement

संस्थाकी अध्यक्ष सीता नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, वडा सदस्यहरु गीता चर्माकार, नन्दराम गिरी र लक्ष्मी पहारी, चण्डीमाई सेवा समिति दरबारथोकका अध्यक्ष तेजबहादुर भुजेल, टोल विकास संस्था वडा समन्वय समिति अध्यक्ष उत्तम जोशी, समूहका पूर्व अध्यक्ष विमला रानाभाट, नेवा मिसाः पुच नयाँबजार अध्यक्ष कोपिला श्रेष्ठ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया