एमाले पोखरा ५ को भवन निर्माण

पोखरा ।
नेकपा (एमाले) पोखरा महानगरपालिका वडा कमिटी ५ ले पार्टीको कामलाई व्यवस्थित रूपमा सञ्चालन गर्न मालेपाटनमा कार्यालय भवन निर्माण गरेको छ ।
१५ वर्षका लागि भाडामा लिएको जग्गामा १७ लाख लागतमा भवन निर्माण गरिएको वडा कमिटीका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । करिब २ आना क्षेत्रफलमा बनेको सो भवन दुईतले छ । आइरन ढलान प्रयोग गरिएको वडा कार्यालय निर्माणका लागि पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयको सहयोग रहेको छ ।
एमालेका केन्द्रीय सदस्य राजीव पहारीले तीज विशेष कार्यक्रमसहित कार्यालय भवनको बुधबार उद्घाटन गरे । उनले जनताको बहुदलीय जनवाद पार्टीको नीति र नेतृत्व केपी शर्मा ओलीको भएको बताए । उनले तल्लो तहसम्म स्वार्थ समूहको अर्थ नभएको उल्लेख गरे ।
कास्कीका ५ पालिकाका ७२ वडामध्ये पोखरा–५ ले कार्यालय भवन बनाएर नमुना काम गरेको उनले उल्लेख गरे । ‘पोखरा ५ वडा कमिटीले राजनीतिक, सांठनिक काम गरेको छ,’ उनले भने, ‘कमिटीको रचनात्मक र सिर्जनात्मक गतिविधिले पार्टीको समग्र अभियानमा इँटा थप्ने काम भएको छ ।’ उनले पार्टीको ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने अभियानमा वडाको गतिविधिले सहयोग पुगेको जनाए ।
उनले राज्यका निकायमा महिलाको सहभागिता, नेतृत्व विकास, सम्पत्तिमा समान अधिकार र आमाको नामबाट नागरिकताको अधिकार प्रदान गर्न एमालेको महत्वपूर्ण भूमिका रहेको बताए । एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले पार्टीको उद्देश्य र कार्ययोजनालाई आधारभूत तहका जनतामा पुर्याउन वडास्तरमा पार्टी कार्यालय आवश्यक पर्ने बताए ।
अखिल नेपाल महिला संघ वडा कमिटी, पोखरा ५ का अध्यक्ष बिन्दु पौडेलले तीज पर्वलाई खुलापन र महिला सशक्तीकरणको पर्वका रुपमा मनाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य देवका पहारी, एमाले प्रदेश कमिटी सदस्य उमा कोइराला, पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य, वडाध्यक्ष विष्णुप्रसाद बराल, पूर्व वडाध्यक्ष धनबहादुर नेपाली, जिल्ला उपाध्यक्ष भेषराज बराल, वडा कमिटीका अध्यक्ष लक्ष्मण बराल, उपाध्यक्ष पानप्रसाद तिमिल्सिना र सचिव वसन्तराज गौतमले बोलेका थिए ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भरतबहादुर खत्री र भवन निर्माणमा योगदान पुर्याउने जीवन लामालाई सम्मान गरिएको थियो । समारोहमा कलाकारहरू तारापति सुवेदी, जीवन दाहाल, कमला सुनार र कमला नेपालीले सांस्कृतिक प्रस्तुति राखेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया