लक्सपेरियन्स २०२५: हुण्डाई र बिएमडब्लू जस्ता विश्वप्रसिद्ध ब्रान्ड एकै छानामुनि

काठमाडौं ।
काठमाडौंका कारप्रेमीहरूका लागि एक रोमाञ्चक जमघटको अवसर जुर्ने भएको छ। नेपालको प्रतिष्ठित व्यापारिक घराना लक्ष्मी ग्रुपले पहिलो पटक विश्वस्तरीय अटो ब्रान्डहरू हुण्डाई, बिएमडब्लू, कायी र फरथिङलाई एकै मञ्चमा प्रस्तुत गर्दै ‘लक्सपेरियन्स २०२५’ नामक विशेष प्रदर्शनी आयोजना गर्दैछ। नेपालको अटोमोबाइल इतिहासमै पहिलो पटक बिएमडब्लूको सहभागिता रहने भएकाले यो कार्यक्रम निकै अविस्मरणीय हुने अपेक्षा गरिएको छ।
आगामी भदौ ७ र ८ गते (शनिबार र आइतबार) काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा आयोजना हुने यो प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सबैका लागि खुला रहनेछ।
प्रदर्शनीमा सहभागी हुनेहरूका लागि यो केवल गाडी हेर्ने अवसर मात्र हुनेछैन। आयोजकले नयाँ कार खरिद गर्न चाहनेहरूका लागि विशेष छुट र आकर्षक अफरहरूको व्यवस्था गरेको छ। यसका साथै, आफ्नो पुरानो कार साट्न चाहनेहरूका लागि तत्काल मूल्यांकन (on-the-spot valuation), लोयाल्टी बोनस, सहज फाइनान्स र बीमा सुविधाजस्ता सेवाहरू समेत एकै ठाउँबाट उपलब्ध गराइनेछ।
यो कार्यक्रम अवलोकनकर्ताहरूका लागि नयाँ मोडलका गाडी र तिनमा प्रयोग भएका अत्याधुनिक प्रविधिहरूलाई नजिकबाट नियाल्ने सुनौलो मौका हुनेछ। सहभागीहरूले ब्रान्डका प्रतिनिधिहरूसँग सोझै कुराकानी गरी आफ्नो जिज्ञासा मेटाउनुका साथै व्यक्तिगत रूपमा विशेष डिलहरू प्राप्त गर्ने अवसर समेत पाउनेछन्।
आयोजक लक्ष्मी ग्रुपका अनुसार, यो प्रदर्शनीलाई कारमा मात्र सीमित नराखी एक पारिवारिक उत्सवको रूप दिने तयारी छ। कार्यक्रमलाई थप जीवन्त बनाउन आकर्षक नेल आर्ट, मेहेन्दी सेवा र नि:शुल्क पौडीजस्ता मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिनेछ। यसले गर्दा कार्यक्रममा परिवारका सबै उमेर समूहका सदस्यहरूले भरपूर मनोरञ्जन लिन सक्नेछन्।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया