गुटबन्दीलाई छुट दिइँदैनः प्रचण्ड

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अनुशासनहीनता र गुटगत प्रवृत्तिलाई अब कुनै हालतमा सहन नगर्ने बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिले बिहीबार पोखरामा आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रलाई सबल बनाउन दृढता, एकता र संगठनात्मक विस्तार अपरिहार्य रहेको स्पष्ट पारे ।
अध्यक्ष दाहालले पार्टीका निर्णय र नीतिबाट विमुख हुने वा नेतृत्वविरुद्ध उभिनेहरू कारवाहीको दायरामा पर्ने चेतावनी दिए । उनले भने, ‘आफ्नै खुट्टामा बन्चरो हान्ने बाटोमा कोही पनि लाग्न हुँदैन । नियम, अनुशासन र मार्गनिर्देशन विपरीत जानेलाई अब छुट दिइँदैन ।’ उनले माओवादी आन्दोलनकै जगमा देशमा आएको राजनीतिक परिवर्तन सम्भव भएको दाबी गर्दै गणतन्त्र र समाजवादलाई संस्थागत गर्न अझै ठूलो संघर्ष आवश्यक रहेको दाबी गरे ।
अहिलेका उपलब्धि सुरक्षित राख्न नेता तथा कार्यकर्ता घर–घर पुगेर जनतालाई अभिप्रेरित गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष दाहालले समाजवादी शक्तिहरूलाई एउटै मोर्चा, र परिस्थिति अनुसार एउटै पार्टीमा समेत एकीकृत गर्ने प्रयास अघि बढाउने खुलासा गरे । ‘हामीसँग बलियो विकल्प निर्माण गर्ने क्षमता छ, त्यसैले समाजवादी धारलाई विखण्डन होइन, एकतालाई जोड दिनुपर्छ,’ उनले भने ।
दशैं–तिहारपछि बस्ने केन्द्रीय समिति बैठकले संगठन विस्तार र उत्पादन वृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै विस्तृत कार्ययोजना ल्याउने उनको भनाइ छ । मंसिरदेखि विकृतिविरुद्ध सडक आन्दोलन र राष्ट्रिय समस्याहरू समाधानका लागि सदन तथा सडक दुवैतर्फबाट पहल गरिने उनले जनाए ।
सामाजिक सुरक्षा कोषको सुरुवात आफ्नो नेतृत्वकालमै भएको स्मरण गर्दै अध्यक्ष दाहालले सबै मजदुरलाई सो कोषमा सहभागी गराउन जरुरी रहेको उल्लेख गरे । साथै, न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउने र ठेकेदारी प्रणाली अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष दाहालले मजदुर आन्दोलनलाई यिनै विषयसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले अबको ध्यान संगठनात्मक सबलीकरणसँगै उत्पादन वृद्धिमा रहने पुनः स्पष्ट पारे । उनले पार्टीका नेता तथा कार्यकर्तालाई श्रमिक, किसान र जनताको जीवनस्तर उकास्ने कार्यमा प्रत्यक्ष जोडिन आह्वान गरे ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया