सिटीवानको तीजगीतमा देवीस्थान पहिलो

पोखरा । सिटीवान टेलिभिजनले आयोजना गरेको चौथो संस्करणको तीजगीत प्रतियोगितामा पोखरा २५ हेमजाको देवीस्थान भजन महिला समूह प्रथम भएको छ । देवीस्थानले नगद ५० हजारसहित गिफ्ट ह्याम्पर पायो ।
पोखरा २५ कै कमलजोशी आमा समूह द्वितीय, बराह माध्यमिक विद्यालय तृतीय र हेमजा आमा समूह सान्त्वना भए । उनीहरूले क्रमश ३० हजार, २० हजार र १० हजारसहित गिफ्ट ह्याम्पर हात पारे । उत्कृष्ट नृत्य तर्फको पुरस्कार बालोदय सेकेन्डरी स्कुल, उत्कृष्ट भेषभूषाको पुरस्कार महिला क्लब पोखरा ७ र उत्कृष्ट शब्द तर्फको पुरस्कार नेसनल इन्भेन्टिभ स्कुलको हातमा पारे । प्रोत्साहन पुरस्कार अमरसिंह माध्यमिक विद्यालयले पायो ।
कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले तीजगीत प्रतियोगिताको आयोजनाले संस्कृतिको संरक्षण गर्दै पुस्तान्तरणमा सघाउने विश्वास व्यक्त गरे । मौलिक संस्कृति र रीतिरिवाजको संरक्षण गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापाले तीज महिला एकताको पर्व बनेको बताइन् । देशमा राजनीतिक, सामाजिक र आर्थिक रुपमा धेरै परिवर्तन भए पनि सबै अधिकार प्राप्त भने भइनसकेको उनको भनाइछ ।
गण्डकी प्रदेश उद्योग परिसंघ अध्यक्ष धर्मराज बर्तौलाले गण्डकी प्रदेशको समृद्धिका लागि सरकारले पहल गर्नुपर्ने बताए । टेलिभिजनकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक चिनु गुरुङले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् ।
सिटीवान टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापतीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी, गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी, टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठ लगायतले बोलेका थिए । प्रतियोगिताको निर्णायक संयोजकमा शंक विरही गुरुङ, सदस्यमा अम्बिका भण्डारी र जुना क्षेत्री थिए ।









तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया