गायिका हरिदेवी कोइराला सम्मानित

पोखरा । हरितालिका तीज पर्वको अवसरमा लायन्स इन्टरनेसनल जिल्ला ३२५ जे नेपालले पोखरामा आयोजना गरेको ‘तीज फेलोसिप कार्यक्रम’मा लोकप्रिय लोकगायिका हरिदेवी कोइरालालाई सम्मान गरिएको छ ।
नेपाली मौलिक संस्कृति र साहित्यको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै तीज पर्वको अवसरमा कोइरालालाई सम्मान गरिएको हो । कोइरालाले तीजको मौलिकता, संस्कृतिको निरन्तरता र महिलाको सशक्तीकरणमा गीत संगीत भूमिकाको चर्चा गरिन् । उनले मौलिक संस्कृति बचाउन लायन्स जस्ता सामाजिक संघ, संस्थाको भूमिका अझ महत्वपूर्ण हुने धारणा राखिन् ।
मल्टिपल काउन्सिल चेयर पर्सन लायन मिलन थापाले तीजलाई केवल मनोरञ्जनमा मात्र सीमित नगरी सामाजिक एकता, लंैगिक समानता र सशक्तीकरणको रुपमा विकास गर्दै सामाजिक सद्भाव सहित मनाउन पर्नेमा जोड दिइन् । उनले लायन्सले सेवा भावसँगै मौलिक परम्परा, संस्कृति संरक्षण र प्रवद्र्धनमा योगदान दिदै आएको बताइन् ।
लायन्स अन्तर्राष्ट्रियकागभर्नर मिलन बाबु मल्लले लायन्स क्लबले समाजसेवा र सांस्कृतिक सहभागितामा जोड दिएको बताए । पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव जमुना वर्षा शर्माले महिलाको पहिचान, अधिकार र आत्मसम्मानलाई बलियो बनाउँदै लैजान सकेमात्र समाज समृद्ध हुने धारणा राखिन् ।
तीज जस्ता सांस्कृतिक पर्वहरूले महिलालाई आफ्नो भावना अभिव्यक्त गर्न, आत्मबल वृद्धि गर्न र समानताको आवाज बुलन्द गर्न सशक्त मञ्च गर्ने उनको धारणा छ । डिस्ट्रिक्ट फेलोसिप चिफ सबि शेरचनले महिलाको अधिकार र सांस्कृतिक पहिचान संरक्षणमा अग्रणी व्यक्तित्वलाई सम्मान गर्न यस्तो कार्यक्रम महत्वपूर्ण हुने धारणा राखिन् । कार्यक्रममा एम्बेसडर अफ गर्भनर पूजन शाक्य, सिनियर को चिफ एडभाइजर विमला श्रेष्ठ र रिजन चेयर पर्सन मिता कायस्थले पनि बोलेका थिए ।






पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
बागलुङमा पिकअप दुर्घटना: एकको मृत्यु, चार घाइते
फागुन १२ भित्र मतपत्र जिल्ला पुर्याइने, प्रवासी मतदान कानुनको पर्खाइमा
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया