पोखरा १५ को तीजगीतमा चेतना आमा समू पहिलो

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा वडास्तरीय ‘तीज गीत प्रतियोगिता तथा तीज विशेष कार्यक्रम’ भएको छ । सिद्ध माध्यमिक विद्यालयको प्रांगणमा शुक्रबार आयोजित प्रतियोगिता भएको हो ।
कुल १४ समूहको सहभागिता रहेको प्रतियोगितामा चेतना आमा समूह प्रथम भएको छ । प्रथम चेतना आमा समूहले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । ढुंगेसाँघु दिदीबहिनी समूह दोस्रो हुँदै १० हजार ५० रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । विश्वकर्मा आमा समूह तेस्रो हुँदै ७ हजार ५० रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ ।
सिद्ध माविको विद्यार्थी समूह ‘क’ र लक्ष्मी टोल आमा समूह सान्त्वना हुँदै ३–३ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् भने उत्कृष्ट नृत्य गर्दै अस्मिता क्षेत्रीले ३ हजार रुपैयाँ हात पारेकी छन् ।
कार्यक्रम उदघाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तीज पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व रहेको भन्दै यस पर्वले टाढा रहेका परिवार, आफन्त र साथीभाइलाई नजिक ल्याउने बताइन् । तीज पर्वको मौलिक संस्कृतिलाई संरक्षण गर्दै पछिल्लो समय देखिँदै आएको कमीकमजोरीलाई सुधार्दै सभ्य र अनुशासित भएर पर्व मनाउन उनले सुझाव दिइन् । प्रजिअ शर्माले समुदायमा कोही व्यक्ति समस्यामा छन् र उनीहरूले ती समस्या वा घटना बाहिर ल्याउन सकिरहेका छैनन् भने त्यस्ता समस्या लिएर आफ्नो कार्यालयमा आउन आग्रह गरिन् । अहिले भित्र दबाएर राखिएका साना घटनाले भोलि अपराध निम्त्याउने हुँदा त्यस्ता समस्यालाई गुम्स्याएर नराखी बेलैमा समाधान खोज्न र त्यसका लागि आफूहरू सहयोग गर्न तयार रहेको बताइन् ।
पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले महिला दिदीबहिनीहरूको विशेष पर्व तीजको कार्यक्रम गरिरहँदा गत वर्ष गण्डकी प्रदेशको नेतृत्व सम्हाल्न आएकी डिआइजी दुर्गा सिंहलाई प्रमुख अतिथिका रूपमा पाएको र यस वर्ष कास्की जिल्ला प्रमुख रुद्रादेवी शर्मा अर्थात् महिला नेतृत्वलाई प्रमुख अतिथिका रूपमा पाएको भन्दै आगामी वर्ष पनि कास्कीको कुनै निकाय सम्हाल्न आउने महिला नेतृत्वलाई पाउने विश्वास व्यक्त गरे । अध्यक्ष बानियाँले पूर्वाधारसँगै मानवीय विकास गर्ने लक्ष्यअनुरूप यहाँका हरेक जाति सम्प्रदायले मनाउने चाडपर्व र रीतिरिवाजलाई वडाले उत्सवका रूपमा मनाउने र ती पर्वको वडाले अपनत्व लिँदै नागरिकसँगै पर्व मनाउने बताए ।
कार्यक्रम संयोजक तथा कार्यपालिका सदस्य मन्दिरा परियारले शुभकामना मन्तव्य राख्दै १५ नम्बर वडाले खादामालालाई गत वर्षदेखि नै बन्द गरेकाले अतिथिहरूलाई घरवरपर फुल्ने फूलले स्वागत गरिएको बताइन् ।
कार्यक्रममा विशेष अतिथिका रूपमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसी, पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, वडा सदस्यहरू बलराम पौडेल, आशिष भण्डारी, सेतीमाया गुरुङ, पूर्व वडाध्यक्ष, पूर्व वडासदस्य लगायतको उपस्थिति थियो ।
कार्यक्रममा वडामा रहेर एसइईमा ४ जिपिए ल्याउने दुई जना विद्यार्थी र सिद्ध माध्यमिक विद्यालयबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । वडा सचिव युवराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा प्रतियोगिताको निर्णायकका रूपमा लोकदोहोरी गायिका सीता केसी, कृष्ण सुवेदी र माया थापा थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया