प्रतिभा माविमा ‘फादर्स डे’

पोखरा । पोखरा ३ नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयले शुक्रबार ‘फादर्स डे’ मनाएको छ । कक्षा नर्सरीदेखि युकेजीसम्मका बालबालिकाका बुवाहरुको उपस्थितिमा गरिएको कार्यक्रममा बालबालिकाले आफ्ना बुवाप्रतिको माया, कृतज्ञता र सम्मान प्रकट गरे ।
विद्यालयका एकेडेमिक भाइस प्रिन्सिपल प्रदीप खनालले फादर्स डेको महत्वबारे प्रकाश पारेका थिए । ‘फादर्स डे केवल व्यक्तिगत पर्व होइन, सामाजिक चेतना फैलाउने अवसर पनि हो,’ उनले भने, ‘यस दिनले बुवाप्रति आदर, आभार र माया व्यक्त गराउनुका साथै परिवारको एकता र सामाजिक सन्देश दिन्छ ।’
उनले यस्ता गतिविधिले बालबालिकामा सकारात्मक संस्कार विकास हुने, बुवाप्रति सम्मानको भाव बढ्ने र परिवारबीच आपसी सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । विद्यालयकी मन्टेसरी ब्लक कोअर्डिनेटर निर्मला सुवेदीले बालबालिकाको जीवनमा बुवाको योगदान अमूल्य हुने बताइन् । ‘पिता बच्चाको प्रेरणाका स्रोत, मार्गदर्शक, आधारस्तम्भ र जिम्मेवारी बोक्ने व्यक्तित्व हुनुहुन्छ,’ उनले भनिन्, ‘यो कार्यक्रममार्फत बालबालिकाले बुवाप्रतिको माया र विश्वास अझै गहिरो बनाउन सिकेका छन् ।’
कार्यक्रममा बालबालिकाले नृत्य, राइम्स, र्याम्प –वाक लगायतका प्रस्तुति दिएका थिए । अभिभावकको सहभागितामा ‘आँखा छोपेर बच्चा पत्ता लगाउने’, ‘आवाज पहिचान गर्ने’ लगायतका रमाइला खेल पनि खेलाइएको थियो । शनिबार परेको कुशेंऔंसी अर्थात वुबाको मुख हेर्ने दिनको अवसरमा आयोजित कार्यक्रम विद्यालयका शिक्षकाद्वय शैली ताम्राकार र रविना थापाले सञ्चालन गरेका थिए ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया