कार्यसम्पादन मूल्यांकनमा रुपा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन, कास्कीका गाउँपालिकाहरूमा शीर्ष स्थानमा

पोखरा ।
संघीय मालमा मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा कास्कीको रुपा गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाका गाउँपालिकाहरूमध्ये शीर्ष स्थान हासिल गर्न सफल भएको छ। कुल ८७.०० अंक प्राप्त गर्दै रुपाले सेवा प्रवाह, वित्तीय व्यवस्थापन र शासकीय प्रबन्ध जस्ता महत्वपूर्ण सूचकहरूमा आफूलाई अब्बल साबित गरेको हो। आयोगले सार्वजनिक गरेको तथ्यांकले रुपा गाउँपालिकाले नागरिकलाई प्रदान गर्ने सेवाको गुणस्तर र प्रभावकारितामा विशेष ध्यान दिएको देखाउँछ।
मूल्यांकनको महत्व र प्रभाव
कार्यसम्पादन मूल्यांकनको अंकलाई संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गर्ने एउटा मुख्य आधार मानिन्छ। उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकाले बढी अनुदान प्राप्त गर्ने भएकाले रुपा गाउँपालिकाको यो सफलताले आगामी आर्थिक वर्षमा थप स्रोत प्राप्त गर्नसमेत मद्दत पुग्नेछ।
रुपा गाउँपालिकाको यो नतिजाले सीमित स्रोतसाधनका बाबजुद पनि कुशल नेतृत्व, स्पष्ट कार्यदिशा र प्रभावकारी कार्यान्वयन भएमा नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको अध्यक्ष नवराज ओझाले बताएका छन् ।
| स्थानीय तहको नाम | गुणस्तर परीक्षण अंक |
|---|---|
| रूपा गाउँपालिका | ८७.०० |
| मादी गाउँपालिका | ८१.०० |
| अन्नपूर्ण गाउँपालिका | ८६.०५ |
| माछापुच्छ्रे गाउँपालिका | ८३.०० |
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांक (लिजा) को नतिजामा कास्की जिल्लाका पाँच स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिका पहिलो भएको छ। पालिका आफैले गरेर पठाउने मूल्यांकन पद्दति लिजा हो । त्यसका आधारमा मन्त्रालयले परीक्षण पश्चात मूल्यांकन अंक कायम गर्छ । त्यसअनुसार रुपा पहिलो देखिएको हो ।










चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया