पोखरा-२९ को तीज महोत्सव: गीतमा लगनशील समूह, नृत्यमा जनप्रकाश उत्कृष्ट

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २९ ले हरितालिका तीजको अवसरमा आयोजना गरेको वडास्तरीय तीज महोत्सव सम्पन्न भएको छ । वडाले हरेक वर्षझैँ यस वर्ष पनि वडाभित्रका आमा तथा महिला समूहहरूलाई एकै ठाउँमा भेला गरी नाचगान र प्रतियोगितासहित महोत्सव आयोजना गरेको हो ।
महोत्सवअन्तर्गत आयोजित वडास्तरीय तीज गीत प्रतियोगितामा लगनशील महिला समूह प्रथम भएको छ । १२ समूहको सहभागिता रहेको प्रतियोगितामा नारी उत्थान आमा समूह द्वितीय र आमा मिलन समूह तृतीय भए । त्यस्तै, नवीनज्योति महिला समूह र मिलिजुली आमा समूहले सान्त्वना स्थान हासिल गरे ।
यसैगरी, नृत्यतर्फको उपाधि जनप्रकाश माध्यमिक विद्यालयको समूहले जितेको छ ।
यसअघि महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले धर्म, संस्कृति संरक्षणसँगै तीजका गीतलाई जनचेतनामूलक बनाउन आग्रह गरिन् ।
पोखरा–२९ की वडा सदस्य एवं कार्यपालिका सदस्य निर्मला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष श्रीप्रसाद गुरुङले आफ्नो संस्कृति जोगाउनु वडाको दायित्व भएको बताए । कार्यक्रमको सञ्चालन वडा सदस्य कालिदास पोखरेल र वडा सचिव दुर्गा न्यौपानेले गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा लोकदोहोरी गायक तारापति सुवेदी, शिवहरि ढुंगाना र शीतला अधिकारी रहेका थिए ।









सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया