एसिया फोरमद्वारा कृष्टीमा २५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
पोखरा ।
एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एसिया फोरम)ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा पोखरा–२१ कृष्टीस्थित भविश्य निर्माण माध्यमिक विद्यालयका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
आइतबार विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा–२१ का वडा अध्यक्ष दिपक प्रसाद सुवेदीले सामुदायिक विद्यालय कमजोर नभएको उल्लेख गर्दै अघिल्लो शैक्षिक सत्रमा प्लस टुमा शतप्रतिशत विद्यार्थी उतीर्ण भई विद्यालयले कास्की जिल्लामा दोस्रो स्थान हासिल गरेको जानकारी दिए । सुवेदीले सामुदायिक विद्यालयलाई अझ सबल बनाउन वडाको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
फोरमका केन्द्रीय सचिव दिपक रेग्मीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्रीले राहत दिने अपेक्षा गरिएको बताए । विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले विभिन्न संघसंस्थाको सहयोगमा विद्यार्थीलाई सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिए । हाल विद्यालयमा ३८० जना विद्यार्थी अध्ययनरत रहेको पनि उनको भनाइ थियो ।
कार्यक्रममा फोरम एशिया कास्कीका निवर्तमान अध्यक्ष तीलक थापाले संस्थाले सामाजिक उत्तरदायित्वअनुसार निरन्तर काम गर्दै आएको उल्लेख गरे । अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अम्बिका ढकालले स्वागत मन्तव्य राखेकी थिइन् भने केन्द्रीय उपाध्यक्ष मेनका पौडेलले सञ्चालन गरेकी हुन् ।







चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया