एकैदिन १९३ युनिट रगत संकलन *

पोखरा । लायन्स क्लब अफ पोखरा भद्रकालीले एकै दिन दुई संस्थासँगको सहकार्यमा गरेको रक्तदानमा १ सय ९३ युनिट रगत संकलन भएको छ । व्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय नयाँबजारको सहकार्यमा सोमबार भएको कार्यक्रममा १ सय ५० युनिट रगत संकलन भएको क्लब अध्यक्ष कृष्णप्रसाद ढकाललले जानकारी दिए । यसैगरी सोमबार नै ग्रिन डेभलपमेन्ट बैंकको संयुक्त आयोजनामा सोमबार पोखरामा आयोजित रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।
नयाँबजारमा भएको कार्यक्रम प्रदेश सभा सदस्य राजकुमारी भुजेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा अर्बुद रोग निवारण संस्थाका अध्यक्ष प्रेमबहादुर भुजेल, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एलका गभर्नर एकनारायण शर्मा लगायतको उपस्थिति थियो ।
यसैगरी न्युरोडमा भएको कार्यक्रमको अध्यक्षता बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले गरेका थिए र लायन्स डिष्ट्रिक ३२५ एलका गभर्नर एकनारायण शर्माले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
सिइओ बुढाथोकीले सामाजिक उत्तरदायित्व अन्तर्गत रगतको अभाव हुन नदिन कार्यक्रम आयोजना गरिएको बताए । क्लबले बैंकसँगको सहकार्यमा बर्सेनि रक्तदान गर्दैै आएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी, लालबहादुर केसी, विरेन्द्र न्यौपाने, सूर्यबहादुर जिसी, तारानाथ लामिछाने, रविबहादुर विक र युवराज बरालले रक्तदान गरे । त्यसैगरी रामकुमार आचार्य, गुणाकर अर्याल, सुन्दर पौडेल, पावलवल्लभ कोइराला, अमृत थापा, निरज घर्ती मगर र कुशल पौडेलले पनि रक्तदान गरी जीवनदानमा सहभागी भए ।
रक्तदान गर्ने अन्यमा सजिश गुरुङ, ललितबहादुर बस्नेत, बिराज थापा, निश्चलकुमार भण्डारी, वसन्तराज सिग्देल, सेवकबाबु श्रेष्ठ, अश्मिता श्रेष्ठ, धनेन्द्र गुरुङ, अक्षता श्रेष्ठ र पृथ खाँण रहेका छन् । यस्तै, विना विक, दमन्ती थापा, सुनिता थापा, आलेश थापा, निरज रञ्जित, संयुक्त धाख्वा थाप्कोकी र सुनिता गुरुङले पनि रक्तदान गरे ।
सोही अवसरमा अनुप केसी, दुर्गाप्रसाद श्रेष्ठ, योगेश काफ्ले, पदमलाल अधिकारी, सरोज अधिकारी, सागर सेढाईं र मनोजकुमार चौधरीले पनि पुण्य कार्यमा साथ दिए । कार्यक्रममा रिपल क्षेत्री, सन्तोष खनिया, गणेश सुवेदी, मिलन थापाले रक्तदान गरेका थिए ।
* यसअघिको समाचारमा सम्पादन गरिएको









लेकसिटी कलेजमा ‘कार्निभल’ को तयारी
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया