नेपालको साख मूल्यांकन पुनः गरिँदै, प्रगति देखाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले दोस्रो पटक मुलुकको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) गराउने तयारी थालेको छ । यसका लागि सोमबार अर्थ मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक वर्षमा हासिल भएका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न निर्देशन दिएका छन् ।
अर्थमन्त्री पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । बैठकमा अर्थतन्त्र, नीतिगत सुधार, सुशासन, राजनीतिक स्थायित्व तथा सडक, पर्यटन र जलविद्युत् जस्ता पूर्वाधार विकासमा भएका प्रगतिलाई प्राथमिकता दिनेबारे छलफल भएको थियो ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतको उपस्थिति थियो । मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले हालसम्मको तयारीबारे प्रस्तुति दिएका थिए ।
अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ले नेपालको साख मूल्यांकन गर्दै आएको छ । मूल्यांकनका लागि फिचको टोली छिट्टै नेपाल आउने कार्यक्रम छ । गत वर्ष फिचले नेपाललाई ‘बी’ रेटिङ दिएको थियो ।









माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया