अनेमसंघ गण्डकी अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु सर्वसम्मत
समाधान संवाददाता
२०८२ भदौ ९ गते १६:५९

पोखरा । नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ) गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु सर्वसम्मत चयन भएकी छन् ।
पोखरामा भदौ ५ र ६ गते सम्पन्न संघको दोस्रो प्रदेश सम्मेलनले उनलाई अध्यक्षमा चयन गरेको हो । उनी यसअघि संघको प्रदेश सचिव थिइन् । म्याग्दीको मालिका गाउँपालिकाकी संस्थापक उपाध्यक्षसमेत रहेकी बिटालु नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य पनि हुन् ।
सम्मेलनले उपाध्यक्षमा पद्मा गुरुङ र कमला मरासिनी, सचिवमा रमा त्रिपाठी, सहसचिवमा निर्मला वाग्ले तथा कोषाध्यक्षमा कृष्णमाया गुरुङलाई चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष बिटालुले आफूलाई सर्वसम्मत चयन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै संगठन र पार्टीलाई थप बलियो बनाउन सक्रिय रहने प्रतिबद्धता जनाइन् ।
सम्बन्धित









पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
नागरिक समाजको प्रतिवेदनको तयारी
श्रमिक सहकारीको पुँजी सवा २ करोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया