राष्ट्र बैंकले हजारको नयाँ नोट छाप्दै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
समाधान संवाददाता
२०८२ भदौ १० गते १३:०१

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १ हजार दरका नयाँ नोट छाप्न प्रक्रिया थालेको छ । यसका लागि केन्द्रीय बैंकले सोमबार एक सूचना जारी गर्दै इच्छुक कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी हुन आह्वान गरेको हो ।
बैंकले जारी गरेको सूचनाअनुसार इच्छुक कम्पनीले आउँदो अक्टोबर ९ तारिखसम्ममा थापाथलीस्थित बैंकिङ विभागमा आफ्नो प्रस्ताव पेस गर्नुपर्नेछ ।
बोलपत्रमा सहभागी हुन योग्य कम्पनीले प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ, १४४ अमेरिकी डलर, १२३ युरो वा १०७ पाउन्ड धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ ।
बोलपत्रको सूचनाअनुसार छनोट हुने कम्पनीले नोटको डिजाइन, छपाइ र आपूर्तिसम्मको सम्पूर्ण जिम्मेवारी लिनुपर्नेछ ।
सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया